Back To Top

October 13, 2025

जेन्जी र भोटेकोसी पावर बीच विवाद सुल्झियो

Global Ime Bank AD

काठमाडौं ।

एक महिनादेखि बन्द भोटेकोशी जलविद्युत आयोजना सञ्चालनमा आउने भएको छ । जेनजीका नाममा १० प्रतिशत निःशुल्क सेयर माग्दै आयोजना बन्द भएकामा आइतबार भोटेकोसी पावर कम्पनी प्रा।लि। र जेनजी समूहबीच शेयर जारी गर्ने सहमति भएको हो ।

अंकित मूल्य १०० कायम गरी उक्त सेयर स्थानीय जनतालाई निष्कासन गर्ने तयारी सुरु भएको कम्पनीले जनाएको छ । *तर शेयर सर्वसाधाणले भने पाउने छैनन् । जनेजीका नाममा कम्पनी खडा गरी आयोजनाको शेयर दिने भनिएको छ । त्यसबाहेक अहिले शेयर लिने र जलविद्युत् कम्पनीको नाफाबाट त्यो रकम मिलान गर्ने गरी निशुल्क सेयर प्राप्त गर्न खोजिएको छ ।* सहमती भएसँगै आयोजना तत्काल सञ्चालन हुने भएको हो ।

आइतबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको समन्वयमा २ पक्षबीच सहमती भएको हो । आयोजनाले स्थानीयका लागि १० प्रतिशत सेयर जारी गर्न र स्थानीयले निशुल्क नभई पैसा तिरेर सेयर किन्न तयार भएपछि यसमा सहमति जुटेको हो ।

जेनजीका नाममा सेयर मागेर ऊर्जा उद्यमीलाई दुःख दिइएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीसहितका पदाधिकारीले गत बुधबार गृहमन्त्री अर्याललाई भेटेर सुरक्षा माग राखेका थिए । गृहमन्त्री अर्यालले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर सञ्चालनको वातावरण बनाउन निर्देशन दिएका थिए ।

*थप तथा सम्पादन गरिएको

Global Ime Bank
Prev Post

आन्दोलनको क्षतिको डेढ अर्ब बीमा दाबी भुक्तानी

Next Post

ग्लोबल आईएमईले ८ प्रतिशत नगद लाभांश दिने

post-bars

Leave a Comment