Back To Top

June 16, 2025

भोजनलिपि स्वादको चौंथो संस्करण असार १५ मा

Global Ime Bank AD
Insourance

काठमाडौं ।

अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित भोजनलिपि स्वादको चौथो संस्करण यही असार १५ गते आयोजना गरिने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलन गरी सो जानकारी दिइएको हो । राष्ट्रिय धान दिवससमेतको अवसर पारेर नयाँ संस्करण गर्न लागेको नेपाली खाना प्रवर्धन अभियानले जनाएको छ ।

नेपाली खाना प्रवर्धन अभियान र सिलौटो कटेजको संयुक्त आयोजनामा चौंथो संस्करण गर्न लागिएको हो । चौंथो संस्करणमा विभिन्न परिकारका स्वादका अतिरिक्त मोही, मह, गाईको घ्यू, तोरीको तेल, नेपाली कफी लगायत मौसमी कृषि उपजको पनि प्रवर्धन गरिने जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा अभियानका संयोजक देवीप्रसाद सापकोटाले चौथो चरणसम्म आइपुग्दा किसान, रेष्टुराँ व्यवसायी र उपभोक्ताबाट पाएको सद्भावले निकै उत्साह थपिएको बताउनु भयो । यो साथ सहयोग देशका विभिन्न जिल्ला र अन्तर्राष्ट्रियस्तरसम्म पनि कायमै रहने संयोजक सापकोटाले विश्वास व्यक्त गरे  ।

आयोजक सिलौटो कटेजका सञ्चालक मोहन भण्डारीले किसानका उत्पादनलाई विशेष स्वादमा उपभोक्तालाई पस्कन पाउने अभियानमा जोडिन पाउनु व्यवसायीहरुको लागि सुखद् रहेको बताए।

सेफ घनश्याम कँडेलले नेपालीपन नहराउने गरी नेपाली स्वादलाई विश्वस्तरमा लैजाने उद्देश्यले अभियानमा लागेको बताए ।

वरिष्ठ सेफ गोविन्द नरसिंह केसीले नेपाली हस्पिटालिटी क्षेत्र र सेफहरुले देशभित्र र बाहिर पाउन थालेको चर्चाले सन्तुष्टि मिलेको बताउनु भयो । यस क्षेत्रमा सुधारका कामहरु भैरहेपनि सेफहरुको वृत्ति विकासमा अझै विश्वसनीय कामहरु भैनसकेको बताए।

अभियान अन्तर्गत यसअघिका कार्यक्रममा विभिन्न ३५ जिल्लाका कृषि उपजहरु प्रस्तुत गरिएका थिए । भोजनलिपि स्वाद कार्यक्रममा नेपाली पाककला क्षेत्रका अग्रणी सेफ गोविन्द नरसिंह केसी, गणेश ढकाल, लक्ष्मण भण्डारी, शिवहरि घिमिरे,हरि आले मगरलगायत नयाँ पुस्ताका सेफ पूर्ण श्रेष्ठ, इङ्वा सुब्बा आदिको सहभागिताले कार्यक्रमलाई थप ज्ञानमूलक र प्रेरणादायी बनाउने पत्रकार सम्मेलनका सहभागीहरुको विश्वास रहेको छ ।

 

United long banner ad
Prev Post

प्रदेशको बजेटको आकार दुई खर्ब ८७ अर्ब

Next Post

१४ जिल्लाका लागि बाढीको ‘एल्लो  एलर्ट’

post-bars

Leave a Comment