Back To Top

March 30, 2025

भाटभटेनी लुटपाटमा संलग्न सात जना पक्राउ

Global Ime Bank

काठमाडौं । काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा राजावादीहरुको प्रदर्शनको क्रममा शुक्रबार भएको लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बानेश्वरका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट विदुर गाउँपालिका-६ की ४३ वर्षीया सुशीला कुमाल, धरानकी ४१ वर्षीया एलिसा राई, तथा कोटेश्वरकी ७० वर्षीया बालकुमारी कार्की रहेका छन् ।

त्यसैगरी, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-८ की ३७ वर्षीया निर्मला कार्की, सिन्धुली लामुनटार गाउँपालिका-७ की १५ वर्षीया चित्रमाया बस्नेत, र सिन्धुली तीनपाटन गाउँपालिका-१६ की १७ वर्षीया सुस्मिता बराललाई कोटेश्वर नरेफाँटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अन्यको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Prev Post

राजावादीको प्रर्दशनले यस्तो क्षति

Next Post

भन्सार महसुल घटाए पनि सुन आयातमा कमी

post-bars

Leave a Comment