Back To Top

November 7, 2025

बैंकहरुको नाफा १८.७७ प्रतिशतले घट्यो

Global Ime Bank AD
काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म  बैंकहरुको नाफा १८.७७ प्रतिशतले घटेको छ । वाणिज्य बैंकले करिब सवा १३ अर्ब रुपैयाँ बराबर खुद नाफा कमाएका छन् ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा १६ अर्ब १८ करोड ८७ लाख रुपैयाँ बराबर रहेको वाणिज्य बैंकको नाफा घटेर १३ अर्ब १४ करोड ९६ लाखमा सीमित भएको हो । पछिल्लो केही वर्ष यता अर्थतन्त्रमा देखिएको समस्या लगायतका केही घट्नाहरुको कारण बैंकहरुको नाफामा गिरावट आएको बैंकरहरु बताउँछन् । आर्थिक मन्दीसँगै गत भदौमा भएको जेनजी आन्दोलनको कारण व्यवसाय क्षेत्रमा समस्या थपिएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा सबैभन्दा धेरै नाफा घट्ने बैंक कृषि विकास बैंक रहेको छ । यस बैंकको नाम ९७ प्रतिशत घटेको छ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि ९६.९२ प्रतिशतले घटेको छ ।
यस अवधिसम्म आउँदा सबैभन्दा धेरै नाफा कमाउने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकको नाफा २९५.७० प्रतिशत बढेको छ । पहिलो त्रैमासमा ५ वटा वाणिज्य बैंकको नाफा बढेको छ । बाँकी १५ बैंकको नाफा घटेको छ।
United long banner ad
Prev Post

करदाता सेवा अव स्थानीय निकायबाटै

Next Post

सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाई सुरु

post-bars

Leave a Comment