Back To Top

August 15, 2025

बैंकहरुले बढाए ४३ प्रतिशत नाफा

Global Ime Bank AD

काठमाडौं ।

खस्किँदो व्याजदर र लगानी अभावका बीच पनि नेपालका वाणिज्य बैंकले आफ्नो व्यवसायिक साखलाई नाफामा चित्रित गर्न सफल भएका छन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ७१ अर्ब ५१ करोड ८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा ४३.३० प्रतिशतले बढी हो । अघिल्लो असारमसान्तमा वाणिज्य बैंकहरुले ४९ अर्ब ८७ करोड १४ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।

गत आवमा सबैभन्दा धेरै खुद नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यसको नाफा १५.०१ प्रतिशतले बढेर ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुगेको छ । नबिलले अगिल्लो आवमा ६ अर्ब १० करोड ७१ लाख ९ हजार रुपैयाँ नाफा कमाएको थियो । दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । यसले ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ६ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ । एक वर्षको अवधिमा सञ्चालनमा रहेका २० बैंकमध्ये ३ को भने नाफा घटेको देखिएको छ ।

नाफाको अँकमा नबिल अगाडी रहे पनि शेयर धनीलाई लाभांश वितरण गर्ने क्षमता भने सबैभन्दा धेरै एभरेष्ट बैंकको देखिएको छ । यस बैंकको प्रतिसेयर लाभांश वितरण क्षमता ३८.२७ प्रतिशत रहेको छ । यस बैंकको लाभांश क्षमता अघिल्लो वर्षको भन्दा १०.२१ प्रतिशतले बढी हो ।

दोस्रोमा रहेको सानिमा बैंकको लाभांश वितरण क्षमता २.४७ प्रतिशत छ । स्ट्याण्र्डड चाटर्डको प्रतिसेयर लाभांश वितरण गर्ने क्षमता १९.८५ प्रतिशत छ । कृषि विकास बैंकको लाभांश वितरण क्षमता १८.४२ प्रतिशत छ । समग्रमा ४ वटा बैंकको प्रतिसेयर लाभांश वितरण क्षमता ऋणात्मक देखिएको छ ।

Global Ime Bank
Prev Post

बजेटका उद्देश्य पूरा गर्न मन्त्रालयहरूलाई तत्काल सक्रिय हुन निर्देशन

Next Post

पेट्रोलियम पदार्थको मूल्य फेरबदल

post-bars

Leave a Comment