Back To Top

October 21, 2024

बैंकको नाफा २ महिनामा १७ अर्ब ७० करोड

Global Ime Bank AD
Insourance

काठमाडौं

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले दुई महिनामा १७ अर्ब ६९ करोड ९२ लाख रुपैयाँ नाफा कमाएका छन् ।

भदौ महिनासम्ममा धेरै नाफा कमाउने नबिल बैंकले १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको  छ। धेरै नाफा कमाउने दोस्रो बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ ।
बैंकले दुई महिनामा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४१ करोड २८ लाख, हिमालयन बैंकले १ अर्ब १६ करोड ८१ लाख, कुमारीले १ अर्ब ८ करोड ५० लाख रुपैयाँ नाफा कमाएका छन् ।

भदौ मसान्तसम्म प्राइम बैंकले ९७ करोड ४६ लाख, एभरेष्ट बैंकले ८२ करोड ५५ लाख, एनआईसी एशियाले ५७ करोड ७५ लाख, लक्ष्मी सनराइजले ८६ करोड ४६ लाख, सिद्धार्थ बैंकले ६० करोड ५६ लाख, नेपाल बैंकले ६७ करोड ८२ लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड ६२ लाख, नेपाल एसबिआईले ५३ करोड ३९ लाख, माछापुच्छ्रे बैंकले ३९ करोड २५ लाख, कृषि विकास बैंकले ८८ करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन् ।

सिटिजन बैंकले ५८ करोड ९८ लाख, एनएमबि बैंकले ७८ करोड २ लाख, प्रभु बैंकले ९१ करोड ३२ लाख र सानिमा बैंकले ६८ करोड ९२ लाख रुपैयाँ नाफा कमाएका छन् ।

राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले २० अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन् । जसमा विकास बैंकहरुको नाफा १ अर्ब ६४ करोड र फाइनान्सहरुको नाफा ८७ करोड रुपैयाँ छ ।

 

United long banner ad
Prev Post

सरकारलाई मनी लाउण्ड्रिङमा ग्रे जोनको त्रास

Next Post

हरित अर्थतन्त्रका नाममा थपिँदै ऋण

post-bars

Leave a Comment