Back To Top

November 6, 2024

धाप ड्यामको पानीले बागमतिमा जलप्रवाह बढाइँदै

Global Ime Bank

काठमाडौ:

गत असोजमा अत्यधिक जलप्रवाहले क्षति निम्त्याएको बागमति नदीमा अहिले भने पानीकम भएको भन्दै बढाउन थालिएको छ ।

सरकारले छटको स्नानलाई लक्षित गर्दै बागमतिमा पानीको मात्रा बढाउने भएको हो ।  एकीकृत बागमती सभ्यता विकास समितिअन्तर्गत बाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी वाग्मती नदीमा छाड्न लागेको हो । नदीमा पानीको सतह बढाउन र व्रर्तालुलाई स्नानका लागि सहज बनाउन बुधबार साँझदेखि ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो ।

छठ पर्वको दुई दिन वाग्मती नदीमा प्रतिसेकेण्ड चार सय लिटर पानी  छाड्ने छ भने मेलम्ची खानेपानी विकास समितिले पनि खोलामा पानी थप्ने प्रयास गरिरहेको छ ।

यहाँबाट दैनिक १० करोड लिटर सम्म पानी वागमतिमा बगाउन सकिन्छ । वर्षायाममा मेलम्चीले आप्mनो पानी प्रयोग गर्न नसकेपछि सोही धाप ड्यामबाट सापटी लिएर उपत्यकामा पानी आपूर्ति गरेको थियो । सोही पानी फिर्ता लिने गरि समितिले मेलम्चीलाई वागमतिमा पानी थपिदिन आग्रह गरेको हो

धाप ड्यामबाट पानी छाडेपछि पशुपति क्षेत्रसम्म आइपुग्न करिव १४ घण्टा लाग्छ ।

Prev Post

खातामा केवाइसीको झमेलाबाट ग्राहक मुक्त

Next Post

ह्यात ब्रान्डमा दोस्रो होटल खोल्दै गोल्यन ग्रुप

post-bars

Leave a Comment