Back To Top

August 26, 2024

बजारमा आयो जुम्लाको रसिलो स्याउ, सस्तियो भाउ

Global Ime Bank

काठमाडौ ।
जुम्लामा उत्पादन भएको स्याउ नेपालगन्जका सुर्खेतलगायत काठमाडौमा समेत उपलब्ध हुन थालेको छ । भारतीय तथा चिनियाँ स्याउमात्र उपलब्ध हुँदा चुलिएको स्याउको मुल्य स्वदेशी स्याउका कारण खस्कन समेत थालेको छ ।

बजारमा ४सय रुपैयाँ सम्म स्याउको मुल्य रहेकामा जुम्लाको स्याउको बजार हस्तक्षेप सँगै उपभोक्ताले तुलनात्मक रुपमा सस्तोमा स्याउ पाउन थालेका छन् ।
अहिले नेपालगञ्जका चोकचोकमा जुम्लाको स्याउ थालेको छ ।

जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर ल्याइने स्याउ नेपालगन्जका धम्बोझी, पुष्पलालचोक, भानुचोक, बिपी चोकलगायतका स्थानमा प्रतिकिलो रु एक सय ६० मा खरिद गर्न पाइने स्थानीयको भनाई छ । ताजा भएकाले जुम्लाबाट आएको स्याउ रसिलो र स्वादिष्ट छ, त्यसैले छिटो बिक्री हुने गरेको विक्रेताको अनुभव छ ।

काठमाडौमै भाटभाटेनी सुपरस्टोर, विगमार्टलगायतले स्वदेशी स्याउ विक्री थालिसकेका छन् । भाटभाटेनीले प्रति केजी १७५ रुपैयाँमा जुम्लाको स्याउ विक्री गरिरहेको छ ।

एकै पटकमा जुम्लाबाट धेरै परिमाणमा स्याउ आउँछ र कोहलपुरका विभिन्न सटरमा भण्डारण गर्ने गरिएको कोहलपुरका फलफुल विक्रेता राजेन्द्र क्षेत्रीले बताए । कोहलपुरबाट काठमाडौ लगायत विभिन्न सहरमा जुम्लाको स्याउ आपूर्ति गर्ने गरिएको छ । नेपालगन्ज आएको जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पनि पुर्‍याउने गरिएको छ । जुम्लाको स्याउ अहिले बजारमा ठुलो, मझौला र सानो गरी तीन प्रकारले ‘ग्रेडिङ’ गरी बिक्री हुँदै आएको छ । कर्णाली प्रदेशको जुम्लाबाहेक हुम्ला, कालीकोट, डोल््पा र मुगुबाट पनि बजरामा स्याउ बिक्रीका लागि ल्याइन्छ ।

Prev Post

लोडसेडिङ हटेपछि विध्युत खपत तीन गुणा वृध्दि

Next Post

एनआईसी एशियालाई ‘बेस्ट इन डिजिटल बैंकिङ अवार्ड’

post-bars

Leave a Comment