Back To Top

April 1, 2025

२७ राजदूतको टोली लिएर अन्तु जाँदै आरजु

Global Ime Bank

काठमाडौ ।

नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न २७ देशका राजदूत इलामको पर्यटकीय क्षेत्र अन्तु आउने भएका छन् । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत अन्तु जान लागेका हुन् ।

मन्त्रालयले वर्सेनि विभिन्न देशका राजदूतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गराउने कार्यक्रम अनुसार यस पटक सूर्योदय नगरपालिकाको अन्तुमा कार्यक्रम तय भएको बोर्डले जनाएको छ ।

कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा , मन्त्रालयका सचिवसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी , राजदूतसहित ४५ जना उच्च तहका पदाधिकारीको सहभागिता रहनेछ ।

कार्यक्रम अनुसार चैत ३१ गते उक्त टोली कन्याम आइपुग्नेछ । कन्याममा नगरले स्वागत गरी चिया टेष्टिङ सेन्टरमा विभिन्न चियाको स्वाद चखाउने कार्यक्रम तय गरेको छ । उक्त अवसरमा दूधको परिकार चिजको समेत स्वाद चखाइनेछ । नगरप्रमुख राईका अनुसार कन्यामा सबै देशका राजदूतसहितको टोलीलाई विभिन्न जातजातिको पोसाकमा सजाएर घोडचढी गर्ने, चिया बगान घुमाउने कार्यक्रम छ ।

३१ गते अन्तुमा रात्रिकालीन स्वागत गरी वैशाख १ गते नयाँ वर्षको अवसरमा सबै राजदूतलाई सूर्योदयको दृश्यावलोकन गराइने छ । चिया बगान घुम्ने, अन्तु पोखरीमा डुङ्गा सयर आदि कार्यक्रम नगरले तय गरेको छ ।

राजदूत सहितको टोली आउने भएपछि अहिले नगर उपप्रमुख दुर्गाकुमार बरालको संयोजकत्वमा मूल समारोह समिति गठन गरी विभिन्न उप समिति बनाएर स्वागत सत्कारका लागि तयारी थालेको छ । नगरले विभिन्न जातजातिको झाँकीसहित पाहुनालाई स्वागत गर्ने , स्थानीय खानाका परिकारको व्यवस्था गर्ने, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने र स्थानीय पर्यटकीय क्षेत्रको सरसफाइ गर्ने काम गरिरहेको छ ।उक्त टोली वैशाख १ गते अन्तुमै बसेर २ गते फर्कने कार्यक्रम छ ।

Prev Post

कोशी र गण्डकीका केही ठाउँमा हिमपातको सम्भावना

Next Post

नेपाल स्टक एक्सचेन्जको सीईओमा चूडामणि चापागाईं

post-bars

Leave a Comment