Back To Top

May 22, 2025

प्युठानमा गतवर्षभन्दा घट्यो बेरुजु

Global Ime Bank AD
Insourance

प्युठान।

महालेखा परीक्षकको कार्यालयले ६२ औं वार्षिक प्रतिवेदन अनुसार प्युठान जिल्लामा अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । अघिल्लो वर्षको तुलनामा पाँच करोड २१ लाख एक हजार कम बेरुजु आएको हो ।

जिल्लाको नौ वटा स्थानीय तहमा गरी ३१ करोड ९३ लाख ३४ हजार रुपियाँ बेरुजु देखिएको छ । अघिल्लो वर्ष ३७ करोड २१ लाख २५ हजार रुपियाँ बेरुजु देखिएको थियो ।

सकैभन्दा बढी स्वर्गद्वारी नगरपालिका र सबैभन्दा कम मल्लरानी गाउँपालिकाको बेरुजु रहेको छ । स्वर्गद्वारीमा पाँच करोड २६ लाख ६३ हजार रुपियाँ बेरुजु देखिएको छ । मल्लरानी गाउँपालिकाको १ करोड ९३ लाख ३७ हजार रुपियाँ बेरुजु रहेको छ ।

ऐरावती गाउँपालिकाको चार करोड ६९ लाख ६२ हजार, झिमरुक गाउँपालिकाको चार करोड ४९ लाख ७९ हजार, माण्डवी गाउँपालिकाको तीन करोड ७१ लाख ९१ हजार, सरुमारानी गाउँपालिकाको तीन करोड २४ लाख बेरुजु रहेको छ ।

United long banner ad
Prev Post

जलविद्युत आयोजनामा बाढीको पूर्वसूचना प्रणाली जडान गर्न संझौता

Next Post

नाइमाको अटो सोमा चार दर्जन कम्पनी सहभागी हुने

post-bars

Leave a Comment