सबै उद्योगीले तिरे पहिलो किस्ता, जोडियो बिजुली
काठमाडौ ।
पछिल्लो पटक लाइन काटिएका २५ मध्ये २२ उद्योगले पहिलो किस्ता तिरेपछि ती उद्योगमा विद्युत् आपूर्ति सूचारु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
तीन उद्योगले नियमित महशुल समेत नतिरेका कारण केहि पहिले नै लाईन काटिएको थियो । काटिएका तीन मध्ये २ उद्योग एभेरेष्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगहरुको नियमित महशुल नै भुक्तानी गरेका छैनन् भने निगाले सिमेन्टले पनि उद्योग सञ्चालन गर्न नै सकिरहेको छैन ।
यो सँगैे हालका लागि प्रिमियम वक्यौताका कारण मात्रै कुनै उद्योगकाको लाइन काटिएको अवस्था छैन । ाधिकरणले कात्तिक ४ गते मूख्य ठूला छ उद्योगको लाइन काटेको थियो भने कात्तिक ७ गते राती बाँकी उद्योगको बिजुली आपूर्ति काटेको थियो । पछिल्लो पटक नेपाल उद्योग वाणिज्य महासंघको पहलमा उद्योगीहरुले घरौटीका रुपमा रकम भुक्तान गर्ने र लाइन जोडी कानुनी निरुपणका लागि जाने मध्यमार्गी बाटो सुझाएका थिए । उद्यमीले धरौटीका रुपमा भनेपनि प्राधिकरणले भने वक्यौता रकम बाटै कटाएको हो ।
डेडिकेटेड र ट्रङ्कलाईन महसुल विवादमा रहेका छ वटा उद्योगले भने अन्तरिम आदेश लिएकाले विद्युत् लाइन काटिएको थिएन भने सरकारी स्वामित्वको हेटौडा सिमेन्ट र उदयपुर सिमेन्टले यस अगि नै भुक्तानी प्रतिबद्धता जनाएका कारण हाल लाइन काटिएको थिएन । प्राधिकरणमा १३ वटा उद्योगले भने प्राधिकरणले सूचना जारी गरेपछि किस्ता बन्दी सुविधा लिएर लाइन काटिनबाट जोगिएका थिए ।
यी हुन् पहिलो किस्ता तिरेर लाइन जोडिएका उद्योगहरु
१, घराना फूड्स – ६,७०,३३५
२, शिदार्थ पेट प्लाष्ट– ६,५३,०८३
३, गोयन्का फुड्स– ५,२७,४०५
४, श्याम प्लाष्टिक उद्योग–१,७५,३४५
५,पञ्चकन्या प्लाष्टिक इन्डष्ट्रिज– ८७,९५५
६, पञ्चकन्या स्टिल इन्डण्ट्रीज –१,८६,५०५
७, एसआर फुड्स – ५,३०,५३२
८, भलवारी स्वचालित कारखाना – १,०६,९१५
९, एसआर स्टील इन्डष्ट्रिज – ५८,०२१
१०, एभरेष्ट रोलिङ मिल– ६२,७९९
११, रिलायन्स स्पिनिङ मिल्स – २,७५,००,०००
१२, त्रिवेणी सेन्थेटिक यार्न– १५,७०,८२८
१३, हिमाल आइरन एण्ड स्टिल्स – २४,५०,०००
१४, शिभम् सिमेन्ट– २,३८,८८,८२४
१५, सोनपुर मिनरल्स एण्ड आयल– ८६,७८,५४६
१६, कसमश सिमेन्ट फ्याक्ट्री – ३४,९०,२००
१७, घोराही सिमेन्ट उद्योग –१,८१,६१,९७६
१८, अर्घाखाँची सिमेन्ट उद्योग –१,६०,१५,४५०
१९, त्रिवेणी स्पिनिङ मिल्स –१,१४,६३,८१४
२०, विशाल सिमेन्ट इन्डष्ट्रिज– ११,९७,३५५
२१, जगदम्बा स्टिल्स – ५,७२,०८,६८३
२२, जगदम्बा सेन्थेटिक्स – ७३,२२,९९९