Back To Top

September 21, 2024

एयरपोर्ट क्षेत्रको विद्युत् काटिने

Global Ime Bank

काठमाडौ:
आज शनिबार दिन भर काठमाडौको त्रिभुवन अन्तरराष्टिय विमानस्थल आसपासका क्षेत्रमा विद्युत् आपूर्ति रोकिने भएको छ । प्राधिकारणले आज एक सुचना जारी गदै विहान ९ बजे देखि साँझ ४ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ ।

भूमिगत विद्युत् वितरण प्रणाली विस्तारका क्रममा आज सो क्षेत्रमा विद्युत् नै अवरुद्ध गर्नूपर्ने प्राधिकरणले जनाएको छ । लाइन काटिने स्थानहरुमा केएमसी फिडर अन्तरगत तिनकुने गैरीगाउँ पेट्रोल पम्प लण्डन कलेज, बाजेको सेकुवा केएसी हस्पिटल क्षेत्र रहेका छन् ।

त्यस्तै गरी न्यु एयरपोर्ट फिडर अन्तरगत एयरपोर्ट क्षेत्रमा आज प्राय विजुली हुने छैन । एयरपोर्टको डेडिकेटेड फिटर पनि बन्द गर्नुपर्ने भएकाले एयरपोर्टको भन्सार कार्यालय र विमानस्थल क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध हुने सूचनामा जनाइएको छ ।

सो क्षेत्रमा प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तरगत काठमाडौ उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृणीकरण आयोजना खरिपाटी अन्तरगत विद्युत् तार भूमिगत गरिँदै छ । आयोजनाले निर्धारित समय भन्दा पहिले काम सम्पन्न भएमा छिटै विद्यत् आपूर्ति सूचारु हुने पनि सूचित गरेको छ ।

Prev Post

आर्थिक उत्थानमा भूमिका खेल्न अर्थमन्त्रीको आह्वान

Next Post

लगानी अब हरित अर्थतन्त्रका लागि

post-bars

Leave a Comment