Back To Top

October 30, 2024

कार्बन विक्रीबाट २८ लाख ७५ हजार डलर आम्दानी

Global Ime Bank

काठमाडौः
वैकल्पिक ऊर्जा प्रवर्दन केन्द्रले गएको एक आर्थिक वर्षमा कार्बन उत्सर्जन न्यूनीकरणमार्फत २८ लाख ७५ हजार अमेरिकी डलर आम्दानी गरेको जनाएको छ ।

केन्द्रले कार्बन व्यापार मार्फत हालसम्म ४ अर्ब ७५ करोड  रुपैयाँ (३ करोड ५२ लाख ७० हजार अमेरिकी डलर) आम्दानी गरेको छ । केन्द्र २८औ वार्षिकोत्षव समारोहमा सार्वजनिक गरेको विवरण अनुसार विभिन्न ८ परियोजनामार्फत यो आम्दानी गरेको हो ।

केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज ढकालका अनुसार हालसम्म ६० लाख मेट्रिक टन कार्बन विक्री गरिएको छ । गत वर्ष ५ लाख ४२ हजार मेट्रिक टन कार्वन उत्सर्जन न्यूनीकरण रेकर्ड गरी यस्तो आम्दानी गरिएको हो ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले एक वर्षभित्र सत प्रतिशत विद्युतीकरणको लक्ष राखेको र यसलाई पुरा गर्न केन्द्रको भूमिका अझै महत्वपूर्ण रहने भन्दै नेपाल विद्युत प्राधिकरणसँगको कार्यमा सफलता प्राप्त गर्नुपर्ने धारणा राखे ।

पूर्ण विद्युतीकरणको लक्ष पुरा गर्ने गरी ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय नेपाल विद्यत् प्राधिकरण तथा बैकल्पिक ऊर्जा प्रवर्दन केन्द्र सम्मिलत कार्यदलले संयुक्त एकिकृत कार्ययोजना बनाएर कार्यान्वयन थालिसकिएको छ ।

कार्यक्रममा केन्द्रका सदस्य कुशल गुरुङले प्रविधि र लागतका हिसावले सौर्य ऊर्जा परियोजना अत्यन्तै प्रभावकारी बन्दै गएको भन्दै ऊर्जा समिश्रणको वर्तमान हिस्सा पनि परिवर्तन गनुपर्ने बताए । ऊर्जा समिश्रण सम्बन्धी निती अनुसार अहिले सौर्य ऊर्जा हिस्सा १० प्रतिशत पुराउने लक्ष्य छ तर यसलाई परिवर्तन गरेर ३० प्रतिशत सम्म पुराउनु आवश्यक रहेको उनको सुझाव छ । पछिल्लो समय करोडौ लगानीका लघुजलविद्युत्हरु समस्यामा परेको र सरकारले त्यसलाई मर्मत सँहार गरेर सूचारु गरी प्राधिकरणलाई बिजुली बेच्न वातावरण बनाइदिनु पर्ने सुझाव दिए ।
प्रतिवेदन अनुसार गत आवमा १० वटा १,३१२ किलोवाट क्षमताका लघु तथा साना जलविद्युत आयोजना, ८ हजार ३०६ घरेलु सौर्य प्रणाली, ३९० किलोवाट पिक सौर्य मिनीग्रिड आयोजना, २६,२५६ विद्युतीय चुलो, ४,५०८ फलामे सुधारिएको चुलो, ३०४२ घरायसी बायोग्यास प्लान्ट, ३४० सौर्य खानेपानी तथा सिंचाइ परियोजना, ३११ संस्थागत सौर्य विद्युत प्रणाली, १२ वटा ठूला क्षमताका बायोग्यास परियोजना निर्माण सम्पन्न छ ।

Prev Post

साफ विमन्स च्याम्यपियनसिपको टिकट बिक्री रोकियो

Next Post

१३ उद्योगले तिरे बक्यौता, तिहारमा पनि तिर्न पाइने

post-bars

Leave a Comment