अमेरिकाको टेकवेले किन्यो नेपालको स्टार्टअप ‘एडेक्स’

काठमाडौँ ।
सूचना प्रविधिका क्षेत्रमा उपलब्ध हुँदै आएका नविनतम सेवा मध्ये नेपालमा क्लाउड सेवा प्रदान गर्दै आएको एक नेपाली सूचना प्रविधि कम्पनी अमेरिकी प्रविधि कम्पनीले खरिद गरेको छ ।
नेपालमा लगानीको वातावरण नभएको, नीतिगत उल्झन रहेको र व्यवसाय गरेर गरिखाने वातावरण नभइरहेको आम गुनासोका बीच खुलेको तीन वर्षमै एडेक्स इन्टरनेसनल नामक सूचना प्रविधि कम्पनीको स्वामित्व अमेरिकी कम्पनी टेक वे डिजिटलले खरिद गरेको हो ।
नेपाली आईटी कम्पनी एडेक्स इन्टरनेसनललाई अमेरिकी प्रविधि कम्पनी टेकबे डिजिटलले २४ लाख अमेरिकी डलर (३३ करोड ४१ लाख रूपैयाँ)मा खरिद गरेको छ । यो कम्पनी क्लाउड कन्सल्टिङ, एडब्लुएस कन्सल्टिङ, डेभओप्स कन्सल्टिङलगायत काम गर्दै आएको छ । तीन वर्षको छोटो अवधिमै एडेक्स नेपालको अग्रणी क्लाउड कन्सल्टिङ कम्पनी बनेको छ भने यसले ६० भन्दा बढी उच्च मूल्यको रोजगारी सृजना गरेको छ,’ कम्पनीले जनाएको छ ।
सन २०२२ मा दुई युवा सौरभ सुवेदी र प्रज्वल शमाले सो कम्पनी स्थापना गरेका थिए । आप्mनो सेवा न्यू आइटी सोल्युसन्सका रुपमा बलियो रुपमा स्थापित हुँदै जादाँ विदेशी कम्पनीले कम्पनी स्वामित्वको खरिद प्रस्ताव गरको थियो । सुवेदीका अनुसार संयुक्त साझेदारीका विषयमा छलफल भए पनि पूर्ण स्वामित्व हस्तान्तरणको उपायमा सहमति भएको छ । संझौता अनुसार क्रमिकरुपमा शेयर टेकवेलाई हस्तान्तरण हुँदै जाने छ, सुवेदीले भने, यो संझौताले एडएक्सले अहिले पाएको प्रतिष्ठा र व्यवसाय अझै प्रतिपर्धी र सुदृण हुनेछ ।
सुवेदी भारतबाट चार्टर्ड एकाउन्टेन्ट पास गरेका नवयुवा हुन भने शर्मा एरोनटिकल इन्जिनियर हुन् । “सुचना प्रविधिको क्षेत्रमा राम्रो उद्यमशीलता हुने आँकलन गरेपछि यो कम्पनी सुरु गरेका हौ,” सुवेदीले भने, “सोचेजस्तै कम्पनी अब्बल रुपमा स्थापित हुन पुग्यो र विदेशी लगानीकर्ताको आँखामा पर्यो ।
एडेक्सले नेपालमा खल्ती बाइ आइएमइ, सानिमा बैंक, उपाय, डियरलोल्ड, एकबाना, एनआईसी एसिया क्यापिटल, विशाल ग्रप, घामपावरलगायतका संस्थालाई क्लाउड कन्सल्ट सेवा दिँदै आएको छ ।
एडेक्सले आफूलाई डाइनामिक र सस्टेनेबल बिजनेसको रूपमा स्थापित गरेको छ । “यो शेयर खरिद बिक्रीले नेपालको सूचना प्रविधि क्षेत्रलाई विश्व बजारमा र्पुयाउन सकिन्छ भन्ने स्पष्ट सन्देश हो,” कम्पनीले विज्ञप्तिमा भनेको छ ।
सञ्चालक सुवेदीका अनुसार करिव एक वर्षमा कम्पनी हस्तान्तरण प्रक्रिया पुरा हुनेछ । ततपश्चात सूचना प्रविधि क्षेत्रमा अन्य फरक खाले उद्यममा लाग्ने योजना सुवेदी र शर्माको छ ।
