Back To Top

April 9, 2025

नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत पुग्ने

Global Ime Bank AD
Insourance

काठमाडौं।

एसियाली डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो।

एडीबीले आज सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक २०२५ मा नेपालको आर्थिक वृद्धिदर गत वर्षभन्दा केही बढ्ने देखिएको हो।

आगामी आर्थिक वर्ष भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एडीबीको छ। गत आर्थिक वर्ष नेपालमा जलविद्युत् उत्पादनमा वृद्धि, गहुँ उत्पादन र सेवा क्षेत्रमा आएको उत्साहले अर्थतन्त्र सुधारिँदै गएको एडीबीले जनाएको छ। मुद्रास्फीति गत वर्षको तुलनामा कम हुने प्रक्षेपण एडीबीको छ। गत आर्थिक वर्षमा ५.४ प्रतिशतमा रहेकामा सन् २०२५ मा ५.२ प्रतिशत रहेको छ।

एडीबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री इआन हान्सनले थप आयात कर लगाएर कार्यान्वयनमा लैजाने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाले एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण घटेर ४.९ प्रतिशतमा झर्ने अनुमान गरिएको जानकारी दिए। अमेरिकाको नीतिगत परिवर्तनबाट बैंकको प्रक्षेपणलाई कमजोर बनाएको उनको भनाइ छ।

एडीबीले अमेरिकी नीतिले चीनको आर्थिक वृद्धिमा सबैभन्दा ठूलो प्रभाव पर्ने सम्भावना औंल्याएको छ। चीन–अमेरिकाबीचको पछिल्लो व्यापार तनावका कारण यस्तो प्रक्षेपण गरिएको हो। एडीबीले दक्षिण एसियाको आर्थिक वृद्धि ६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। गत वर्ष यस्तो वृद्धि ५.८ प्रतिशत थियो।

एडीबीका  अनुसार चालू आर्थिक वर्षमा नेपालको उत्पादनमूलक क्षेत्रको वृद्धि बढ्ने प्रक्षेपण गरिएको छ। ‘चालू आर्थिक वर्षको पहिलो ६ महिनामा निर्माण क्षेत्रमा ७.७ प्रतिशत कर्जा विस्तार भएको छ। उत्पादनमूलक उद्योगमा कर्जा जाने सम्भावना पनि उच्च छ,’ एडीबीका नेपाल आवासीय मिसनका अर्थशास्त्री मानवरसिंह खड्काले भने।

United long banner ad
Prev Post

भारतमा ब्याजदर घटाउने गरी मौद्रिक नीति

Next Post

म्यानमारका भूकम्प पीडितलाई नेपाली उद्यमीको राहत

post-bars

Leave a Comment