Back To Top

December 4, 2024

ऊर्जामा-एडीबी नेपाल सहकार्यको फोटो प्रदर्शनी

Global Ime Bank AD
Insourance

काठमाडौं:

नेपालको ऊर्जा क्षेत्रको विकासमा (एसियाली विकास बैंक) एडीबी र नेपाल सरकारबीच
सहकार्य ५ दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी सुरु
भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबी नेपालका निर्देशक आर्नोड कोस्वा, नर्वेली
राजदूतावासकी मिसन उपप्रमुख क्रिस्टिन हेग स्टोरहोल्टले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गरेका
हुन् ।
फोटोपत्रकार क्लब, नेपालको सहकार्यमा आयोजित फोटो प्रदर्शनी मंसिर १८ देखि २४ गतेसम्म चल्ने
छ । फोटो प्रदर्शनीमा नेपाल सरकार र एडीबीबीच ५० वर्षमा भएको सहकार्यमा नेपालको ऊर्जा
क्षेत्रमा भएका विकासहरूलाई दृश्यमार्फत प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।

एडीबी नेपालका निर्देशक कोस्वाले नेपाल सरकारसँगको सहकार्यमा नेपालमा ऊर्जा उत्पादन,
प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा निरन्तर साथ रहने बताए । त्यस्तै उनले न्यून विद्युतीकरण
भएको नेपाल अहिले ऊर्जा निर्यात गर्ने मुलुकका रूपमा समेत पुगेको उनले बताए ।

त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले एडीबीको सहयोगमा नेपालमा ठूला जलाशययुक्त
जलविद्युत् आयोजनाहरू निर्माण भइरहेको बताए ।

उनले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पु¥याएकोमा एडीबीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगमा निरन्तरता हुनेमा आशावादी रहेको बताए ।

फोटो प्रदर्शनी उत्पादन, प्रसारण, वितरण र ’बियोन्ड द मिटर’ गरी ४ भागमा विभाजन गरिएको छ ।

United long banner ad
Prev Post

नेपाल चीन संयुक्त बक्तव्य जारी, बीआरआईमा मौन

Next Post

लेखा परीक्षण गर्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई निर्देशन

post-bars

Leave a Comment