एलन मस्कसँगको सम्बन्ध तोड्ने ट्रम्पको चेतावनी

काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कका कम्पनीसँगको सरकारी सम्बन्ध र अनुदान तोड्ने चेतावनी दिएका छन् ।
ट्रम्पले हालै मस्कलाई सरकारी खर्च कटौती गर्ने सरकारी निकायको प्रमुखमा नियुक्त गरेका थिए । मस्क सो जिम्मेवारीबाट अलग भएसँगै उनीहरुको मिडिया प्लाटफर्ममा उनीहरुले एकअर्कालाई आरोपप्रत्यारोप गर्दै धम्कीपूर्ण अभिव्यक्ति समेत दिएका छन् ।
अनुदान ताेड्ने चेतावनी पछि मस्कले ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।
ट्रम्पले सरकारी सम्बन्ध तोड्ने बताएपछि मस्कले स्पेस एक्स नामको कम्पनीले ड्रागन अन्तरीक्ष यानलाई बन्द गर्ने घोषणा समेत गरेका छन् ।
मस्कले पटकपटक ट्रम्पको कर सम्बन्धी नीतिको आलोचना गरेपछि मस्कलाई ‘ट्रम्प डेरेन्जमेन्ट सिन्ड्रोम’ भएको टिप्पणी गरे ।
यता मस्कले आफू नभएको भए ट्रम्पले चुनाव हार्ने भन्दै विश्वासघात गरेको आरोप लगाए ।
मस्कले अब नयाँ पार्टी खोल्ने समय आएको भन्दै जनमत जुटाउन सुरु गरिसकेको बताएका छन् ।
