Back To Top

June 5, 2025

नबिल बैंकको सिइओमा मनोजकुमार ज्ञवाली

Global Ime Bank AD

काठमाडौँ । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् ।

बिहिबार बिहान बसेको सञ्चालक समितिको  बैठकले ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

यसअघि कायममुकायम सिइओको भूमिका निर्वाह गर्दै आएका ज्ञवाली बैकिङ क्षेत्रमा स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनले नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको अनुभव बटुलीसकेका छन् ।

सीएसमेत रहेका ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामो अनुभव छ ।

Global Ime Bank
Prev Post

ग्लोबल आइएमइ बैंकको चार्जिङ स्टेसन सञ्चालनमा

Next Post

टेक एण्ड पे प्रावधान संसोधन हुन्छः ऊर्जा मन्त्री

post-bars

Leave a Comment