लोन पोर्टफोलियो रिभ्युगर्न बंगलादेशको कम्पनी

काठमाडौं ।
नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकहरूको ऋणको अवस्था परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) गर्न बंगलादेशको एउटा कम्पनीलाई छानेको छ ।
राष्ट्र बैंकले यसका लागि परामर्शदाताबाट प्रस्ताव माग गरेको थियो । प्राप्त प्रस्तावमध्ये बंगलादेशको ढाकामा रहेको हाउल्याडर युनुस एन्डको नामक कम्पनी प्राविधिक रूपमा योग्य भएको राष्ट्र बैंकले जनाएको छ ।
अब यो कम्पनीको वित्तीय प्रस्ताव (कति रकममा काम गर्छ भन्ने प्रस्ताव) २५ असारमा राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा खोलिनेछ । वित्तीय प्रस्ताव सार्वजनिक रूपमा खोलिने भएकाले निकायले सोही दिन बिहान ११ बजे राष्ट्र बैंकमा उपस्थित भई हेर्न सक्ने उल्लेख छ ।
