Back To Top

May 24, 2025

नागढुंगा­–नौबिसे सडक सवारी रोकेर मर्मत

Global Ime Bank AD

काठमाडौं ।

नागढुंगा­–नौबिसे सडक आजदेखि सडकमा सवारी आवागमन रोकेर मर्मत थालिएको छ ।

नारायणगढ-मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आजदेखि जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिए ।

आयोजनाले नागढुंगा-पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नु परेको बताएको छ । नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले काठमाडौंबाट जाने सवारी साधन नागढुंगामा र नौबिसेतर्फबाट काठमाडौं आउने सवारी साधन खानीखोलामा रोकिने जनाएको छ । प्रहरीले विकल्पमा धार्के­-सीतापाइला तथा टोखा-छहरे-त्रिशूली­गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

Global Ime Bank
Prev Post

हेटौंडा औद्योगिक क्षेत्रमा थपिँदै उद्योग

post-bars

Leave a Comment