‘लोडसेडिङ गर्न कांग्रेसको योजनावद्ध काम’

काठमाडौ ।
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले लोडसेडिङ गर्न कांग्रेसले योजनावद्धरुपमा काम गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोलेका सांसद सिंहले यस्तो आरोप लगाएका हुन् ।
उनले यसका लागि कांग्रेसले दुईजना जनजातिका छोरालाई प्रताडित गरेको समेत आरोप लगाएका छन् । प्रतिनिधि सभामा उनले भने, “लोडसेडिङ गर्नका लागि नै कांग्रेसले कुलमान घिसिङ र कान्छाराम तामाङलाई कांग्रेसले बलि दियो,” उनले भने ।
मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएको थियो भने घिसिङलाई हटाउन नहुने पक्षमा रहेका ऊर्जाराज्यमन्त्री कान्छाराम तामाङलाई कांग्रेसकै सिफारिसमा प्रधानमन्त्रीले बर्खास्त गरेको उनले ठोकुवा गरे ।
