Back To Top

May 10, 2025

भट्टलाई नसके गभर्नरमा डा.अंगराज

Global Ime Bank AD

काठमाडौं ।
नेपाल राष्ट्र बैंकको गभर्नरनमा डा. गुणाकर भट्टलाई गभर्नर बनाउन सकसपूर्ण देखिएपछि नेपाली काँग्रेसको उच्च तहमा विकल्पका रुपमा डा.अंगराज तिमिल्सिनाको नाममा अगाडी सारिएको छ ।

आफ्नो प्रतिस्पर्धी नबढाउने अडानका साथ नेपाल राष्ट्र बैंककी कायमुकायम गभर्नर निलम ढुँगानाले कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजिनामा स्वीकृत नगरेपछि आफ्नो भागमा परेको गभर्नर पदका लागि काँग्रेसले पछिल्ला केहि दिन सकृयता देखाउन थालेको छ । पूर्व प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन समेत अटेर गर्दै उनले कार्यकारी निर्देशकबाट भट्टले वैशाख ५ मै दिएको राजीनामा स्वीकृत गरेकी छैनन् ।

शुक्रबार बिहान बसेको पार्टी पदाधिकारी, पूर्वपदाधिकारी तथा मन्त्रीहरुबीचको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले नयाँ विकल्प दिने संकेत गरेका थिए । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आजको बैठकमा राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने विषयमा छलफल भएको बताए । ‘गभर्नर नियुक्तिमा निकै ढिला भएको बारे नेताहरुले सभापतिजूलाई सोध्न भएको हो । सभापतिज्यूले चाँडै टुंगिन्छ भन्नु भयो ।’

 

यता कमु गभर्नर नीलमले प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा गभर्नर बन्ने अपेक्षा गरिरहेकी छन् । र उनले गुणाकरलाई रोक्न सक्दा नातामा काका पर्ने ज्ञानेन्द्र ढुँगाना काँगेस कोटाबाट आउन सम्भावना देखेपछि गुणाकरलाई रोक्न प्रयासरत छिन् । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर ज्ञानेन्द्र गभर्नर बन्ने प्रतिस्पर्धामा छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गुणाकर भट्टलाई गभर्नर बनाउन चाहेका छन् भने देउवा पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजू राणा देउवाले ज्ञानेन्द्रको कुरा गरिरहेकी छन् । तर दुवै विकल्पमा समस्या देखिएपछि काँग्रेस वृतमा पछिल्लो समय अँगराजलाई बलियो उम्मेद्वारका रुपमा हेरिएको हो ।

बाजुरामा जन्मिएका डा. तिमिल्सिना विकासअर्थविद् हुन् । पारिवारिक विरासत पनि काँग्रेस रहेका तिमिल्सिना शेर वहादुर देउवाले नेपाली परिवेशमा भित्राउन चाहिरेका व्यक्ति पनि हुन् ।

बाजुराबाट विद्यालय शिक्षा पूरा गरेका अंगराज तिमिल्सिनाले अमेरिकास्थित थिंक ट्यांक एण्ड कर्पोरेसनअन्तर्गतको ग्रयाजुएट स्कुलबाट आर्थिक नीति विश्लेषणमा फ्रान्सिस फुकुयामा मातहत रहेर विद्यावारिधी गरेका छन् । उनले त्यही थिंक ट्यांकमा रहेर द्वन्द्वोत्तर मुलुकको पुनर्निर्माणदेखि विकासशील मुलुकहरुको शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा राम्रो अनुभव लिइसकेका व्यक्ति हुन् ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को भ्रष्टाचार बिरोधी परियोजनाका ‘ग्लोबल प्रोग्राम एड्भाइजर’ तिमिल्सिना सिंगापुरमा रहेर ६० भन्दा बढी मुलुकलाई सुशासन र भ्रष्टाचार बिरोधी मामिलामा सघाउँदै आएका छन् ।

 

Global Ime Bank
Prev Post

गौरी टापमा स्पार्क एड्भेञ्चरको टेन्ट क्याम्पिङ

Next Post

तल्लो अरुण प्रभावितलाई मुआब्जा वितरण

post-bars

Leave a Comment