Back To Top

May 8, 2025

सीएनआई र नेपाल विश्वविद्यालयबीच समझदारी

Global Ime Bank AD

काठमाडौँ,
नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबिच शिक्षा र उद्योगलाई जोड्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसं्घमा बुधबार आयोजित कार्यव्रममा नेपाल विश्वविद्यालयका रजिस्ट्रार डा. सूर्यराज आचार्य र परिसंघ का महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे ।
सो अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सिपयुक्त जनशक्ति उत्पादन अहिलेको आवश्यकता रहेको बताए । उनले शैक्षिक योग्यता हुने तर सिपयुक्त सिकाइ बढाउन आवश्यक रहेकाले नयाँ अवधारणामा स्थापित नेपाल विश्वविद्यालयले सिपयुक्त जनशक्ति उत्पादनमा योगदान गर्ने विश्वास व्यक्त गरे ।

नेपाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई उद्योगसँग जोड्न परिसङ्घले काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
नेपाल विश्वविद्यालयका कुलपति डा. विन्दु लोहनीले विश्वविद्यालयका विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि उद्योगमा इन्टर्नसिप गराउन परिसङ्घले सहयोग गर्नुपर्ने बताएका थिए । सिपयुक्त शिक्षा प्रदान गर्ने गरी नेपाल विश्वविद्यालय अगाडि बढेको उनले बताए ।

Global Ime Bank
Prev Post

नाइमा नेपाल मोबिलिटी एक्स्पोको बुकिङ खुला

Next Post

कुलेखानीको २७ मेगावाट विद्युत् उत्पादन अवरुद्ध

post-bars

Leave a Comment