Back To Top

April 24, 2025

नेको इन्स्योरेन्सको शेयर लिलामीमा

Global Ime Bank

काठमाडौं ।

शुक्रबारदेखि नेको इन्स्योरेन्स लिमिटेडको  २ लाख २५ हजार १६१.३५ कित्ता हकप्रद शेयर लिलाम मार्फत् बिक्री हुँदैछ।

कम्पनीले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदमध्ये अवितरित संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता बाँकी बसेकोमा सोही शेयर बिक्री गर्न लागेको हो।

शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। यसमा इच्छुक सबैले आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मिति वैशाख २१ गते रहेको छ भने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ।

Prev Post

मौसम पूर्वानुमान: हिट वेभदेखि हिपपातसम्म

Next Post

हिन्दकुश-हिमालयमा २३ वर्षकै न्यून हिममात

post-bars

Leave a Comment