Back To Top

April 22, 2025

नेपाल बैंकका सञ्चालक अधिकारी बर्खास्त

Global Ime Bank

काठमाडौं  ।

ऋणीसँग कमिसन लिएको पुष्टि भएपछि नेपाल बैंकका सञ्चालक चन्द्रबहादुर अधिकारी बर्खास्त भएका छन् । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंक ऐनको दफा १०० बमोजिम सञ्चालकबाट समेत हटाएको हो ।

बैंकको सञ्चालक रहेको अधिकारीले कमिसनमा ऋण मिलाउने भन्दै लागेको आरोप पुष्टि भएको हो ।

राष्ट्र बैंकले गत माघमा विशेष टोली नै बैंकमा पठाएर अध्ययन गरेको थियो । विभिन्न चरणमा गरेको अध्ययनबाट अधिकारीले घुस लिएको पुष्टि भएपछि कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।

उनको ड्राइभरको खातामा ऋण मिलाइदिन्छु भनेको ग्राहकले रकम नै जम्मा गरेको भेटिएको छ ।
Prev Post

कर्णालीका दुर्लभ वन्यजन्तु लोप हुने अवस्थामा

Next Post

ट्रम्पको धम्कीले सर्लक्कै बढ्यो सुनको भाउ

post-bars

Leave a Comment