भारतका कृषि मन्त्री चन्द्रागिरि भ्रमणमा

काठमाडौं
भारत सरकारका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान सहित भारतीय राजदूत नवीन श्री वास्तव र विशिष्ट अधिकारीहरुले विहीबार चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । मन्त्री चौहान सहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्स अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानले स्वागत गरेका थिए ।
भ्रमणको क्रममा मन्त्री चौहानले पर्यटकहरूका लागी चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको भन्दै प्रशंसा गरेका थिए । मन्त्री चौहान सहितको भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको बताए ।
भ्रमणका क्रममा मन्त्री चौहानले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चन्द्रागिरिमा रहेको भालेश्वर महादेव मन्दिरमा परिवारसहित विशेष पूजा–अर्चना समेत गरेका थिए ।