बुटवल पावरको एफपीओ निष्कासन रद्द

काठमाडौं ः बुटवल पावर कम्पनीको एफपीओ निष्कासन रद्द गरिएको छ । कम्पनीको सञ्चालक समिति बैठकले एफपीओ निष्कासन रद्द गर्दै ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।कम्पनीले प्रमियम मूल्यमा १ करोड कित्ता एफपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको थियो ।
कम्पनीको उक्त बैठकले एफपीओ निष्कासन रद्द गरी विभिन्न आयोजनामा लगानीका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ बराबर छ । सोअनुसार कम्पनीले १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।