जलवायु कोषको ४१ अर्व डलर विश्वबैंकले हरायेा

काठमाडौ ।
जलवायु वित्तको रकममा विश्व बैंकले लापरबाही गरेको भन्दै विश्वव्यापी आलोचना भइरहेको छ । गरिवी निवारण क्षेत्रमा काम गर्ने अन्तरष्ट्रिय संस्था अक्सफार्मले गरेको अध्ययनमा जलवायु वित्तको करिव ४१ अर्ब अमेरिकी डलरको हिसाव किताव नै नराखेको पाइएको उल्लेख छ ।
४१ अर्ब डलर अपचलन हुँदा विश्व व्यापी वातावरणीय संरक्षण तथा वन्यजन्तु संरक्षणमा गम्भिर असर परेको हुन सक्ने आँकलन गरिएको छ । सन् २०२४मा विश्व बैंकले ४२.६ अर्ब डलर यो क्षेत्रमा खर्च गरेको दाबी गरेकोमा ४१ अर्ब डलरको हिसाव किताव नै नराखेको गम्भिर आरोप अक्सफार्मले लगाएको छ ।
‘परिक्षण विहीन जलवायु वित्त’ शीर्षकमा अक्सफार्मले सार्वजनिक गरेको प्रतिवेदनले हिसाव किताव राख्ने मामिलामा विश्वबैंक प्रशासनमा गम्भिर समस्या रहेको औल्याएको छ । प्रतिवेदन अनुसार विश्व बैंकले विगत सात वर्ष गरेको जलवायु कोषको करिव ४० प्रतिशतको हिसाव फेला पार्नै सकिँदैन । प्रतिवेदनमा भनिएको छर्, यस्तो अपारदर्शीताले त्यती धेरै रकम कहाँ गयो, केमा खर्च भयो, जलवायु सम्बन्धि प्रयासलाई यसले के कस्तो असर गरेको छ ?’ यो गम्भिर प्रश्न उठेको छ ।
विश्व बैंकका अधिकारीहरुले भने आफ्नो वित्तीय विवरण प्रणाली शिद्धान्तमा आधारित र चुस्त रहेको दाबी गरेको भए पनि केहि कमजोरी भने भएको हुन सक्ने भनेका छन् ।
अक्सफार्मको यो प्रतिवदेन सार्वजनिक भएपछि आलोचकहरुले रकमको दुरुपयोग मात्र नभएर जलवायु अनुकुलन बायोडाइभर्सिटी जस्ता पक्षमा आघात परेको हुन सक्ने र यसले जलवायु परिवर्तन विरुद्धका प्रयासहरुलाई निस्तेजसमेत पारेको हुन सक्ने प्रतिक्रिया दिइरहेका छन् ।
अक्सफार्मका प्रमुख केट डोनल्डले यो प्रश्न पारदर्शिताको मात्र नभएर विश्वासघात नै भएको औल्याए । उनले जलवायु कोषहरुको विनियोजन र सदुपयोगको सुनिश्चिता हुन आपरिहार्य रहेको बताएका छन् ।
समाचारहरुमा जनाइए अनुसार विश्व बैंकले यो प्रतिवेदन पछि आफनो कमजोरी भएको भए सुधार गर्दै जाने तत्परता भने देखाएको छ । तर हिसावमा नभेटिएको ४१ अर्ब डलरका विषयमा भने विश्व बैंकको कुनै योजना नभएको औल्याइएको छ ।
click here for related report: