Back To Top

February 20, 2025

‘नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको छुट्टै ऐन’

Global Ime Bank AD

काठमाडौं।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रम उनले सरकार स्वच्छ ऊर्जा रुपान्तरणसम्बन्धी लक्ष्य हाँसिल गर्न गम्भीर रहेको बताए । खड्काले  नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक हालै राष्ट्रियसभाबाट पारित भइ प्रतिनिधिसभामा पेश भएको जानकारी दिए।

मन्त्री खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक हालै राष्ट्रियसभाबाट पारित भइ प्रतिनिधि सभामा पेश भएको र विधेयकलाई छिट्टै प्रतिनिधिसभाबाट पारित गराइ ऐनको रुप दिने कार्य आफ्नो उच्च प्राथमिकतामा रहेको जानकारी दिए ।

विधेयकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र ऊर्जा रुपान्तरणको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई नयाँ सङ्गठनमा रुपान्तरण गर्न र नयाँ सन्दर्भमा यसको भूमिका सुनिश्चित गर्न ठोस कानुनी आधार स्थापना गर्न थप मद्दत गर्ने बताए ।

मन्त्री खड्काले सरकारले आफ्ना नीति, रणनीति, योजना र लक्ष्यहरुमार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्वनलाई विशेष प्राथमिकता दिएको उल्लेख  गरे । हालै मात्र स्वीकृत भएको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ मा नेपालले अगाडि सारेका स्वच्छ ऊर्जा र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिवद्धता र राष्ट्रिय लक्ष्यमा नवीकरणीय ऊर्जा दक्ष र स्वच्छ ऊर्जा रुपान्तरणलाई उच्च प्राथमिकता दिएको मन्त्री खड्काको दाबी छ ।

Global Ime Bank
Prev Post

रसुवा बन्दरगाह निर्माण अन्तिम चरणमा

Next Post

लप्सीफेदी सबस्टेसन आगामी पुसभित्र तयार हुने

post-bars

Leave a Comment