Back To Top

December 24, 2024

हुम्लामा हिमपात, पश्चिममा वर्षा

Global Ime Bank

काठमाडौँ ।

हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि हिमपात सुरु भएको हो ।

हुम्लामा दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।

सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय हुम्लाले आग्रह गरेको छ । यस्तै पश्चिम नेपालमा पनि बदली भएर कर्णाली तथा लुम्बिनी प्रदेशका विभिन्न स्थापनमा हल्का वर्षसमेत भएको जनाइएको छ ।

Prev Post

विमा दाबी भुक्तानी ९.६ प्रतिशतमात्रै

Next Post

स्वदेशी पुँजीमै ठुला परियोजना:अध्यक्ष ढकाल

post-bars

Leave a Comment