पश्चिम काठमाडौंमा ९ दिन बिजुली अवरुद्द हुने
काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौं पश्चिम भेकका विभिन्न स्थानमा बुधबारदेखि आगामी पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणले कुलेश्वर, बानेश्वर र कीर्तिपुर क्षेत्रमा विद्युती तार भूमिगत गर्न लागेकेा छ । यसकैलागि एक सुचना जारी गर्दै प्राधिकरणले विभिन्न स्थानमा छुट्टाछुट्टै फिडरहरु बिहान ११ देखि दिउँसो ३ बजेसम्म सटडाउन गरिने उल्लेख गरेकेा छ ।
बुधबार कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिनेछ । त्यसले बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ ।
बिहीबार मच्छेगाउँ फिडरअन्तर्गतका भत्केकपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ ।
प्राधिकरणका अनुसार शुक्रबार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिबार बाफल फिडरअन्तर्गतका स्वयम्भू क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ ।
पुस १ गते कीर्तिपुरकै रोपवे फिडरअन्तर्गतका कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्र विद्युत अवरुद्ध हुने छ भने पुस २ गते मच्छेगाउँ फिडरअन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोक, पुस ३ गते रोपवे फिडरकै मेत्रीनगर इशानेश्वर मन्दीर क्षेत्रमा विद्युत अवरुद्ध हुने । यसैगरी, पुस ४ गते बाफल फिडरअन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शंखमुलको दोभान पुल क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
मौसम प्रतिकूल रहे सटडाउन नहुने पनि प्राधिकरणले जनाएको छ ।