Back To Top

December 5, 2024

‘विकास प्रयासमा  ठूलो लगानी र प्रबिधि आवश्यक’

Global Ime Bank

काठमाडौं । 

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको विकास निर्माणको प्रयासमा  स्वदेशी विदेशी ठूलो लगानी प्रबिधि र  विज्ञताको आवश्यक्ता रहेको बताएका छन् ।

बिहीबार आर्कबिल्ड एक्सपो २०२४ को विशेष समारोहमा बोल्दै मन्त्री सिंहले नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको बताएका हुन् ।

उनले भने, ‘नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ । साथै नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको छ । सन् २०२६ सम्म अधिकतम विकशित राष्ट्रबाट विकशिल राष्ट्रको श्रेणीमा स्तरउन्नती हुने प्रयासमा हाम्रो देश नेपाल रहेको छ । ’

Prakashman Singh.00_28_24_18.Still013.jpgसाथै उनले विकास निर्माणको प्रयासमा खासगरी स्वदेशी विदेशी ठूलो लगानी प्रबिधि र  विज्ञताको आवश्यक्ता रहेको बताए । उनले जलवायु परिवर्तनका साथै अन्य विपद्का घटनाहरुले विकासका प्रयासहरुलाई ओझेलमा पारेकाले सहर र समुदायहरुलाई दिगो भविष्य सुनिश्चत गर्ने गरी समाधानका उपायहरु खोजी गर्न आजको चूनौतीहरु रहेको बताए ।

उनले भने, ‘हालको  वर्षहरुमा जलवायु परिवर्तनका साथै अन्य विपद्का घटनाहरुमा बढोत्तरी भइ विकासका प्रयासहरुलाई ओझेलमा पार्ने गरी विनाशकारी प्रभावहरु परेका छन् । यसका लागि हामीले हाम्रो सहर र समुदायहरुलाई दिगो भविष्य सुनिश्चत गर्नेगरी समाधानका उपायहरु खोजी गर्न आजको चूनौतीहरु रहेको छ

Prev Post

अप्पर तामाकोशीको बिजुली पुस १० देखि

Next Post

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा गौतम

post-bars

Leave a Comment