Back To Top

November 5, 2024

बाटोको दुःख अब केही वर्ष बुटवल पश्चिम तिर

Global Ime Bank

बुटवलः
नारायण गढ बुटवलको निमाणाधीन अवस्थामा रहँदा दुख पाएका पश्चिम नेपालतर्फ यात्रा गर्ने यात्रुलाई अव बुटवल–गोरुसिङ्गे सडकको पनि सकस थपिने भएको छ । सो सडक विस्तारका लागि वन विभागले करिव ७ हजार रुख कटानको अनुमति दिइसँगै अव ५० किलोमिटर लामो यो सडक विस्तारको काम हुने भएको हो ।

बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका अनुसार रुखकटानको अनुमति पाएसँगै सडक नापजाँच, सर्भे गर्ने, विद्युत् पोल सार्ने र सडक किनारका संरचना खाली गराउने काम भइरहेको छ । दशैपछि भौतिक काम सुरु गर्ने भनिएकामा अहिले अब काम सुरु हुने भएको हो ।

बुटवल नारायणगढ सडक चिनियाँ ठेकेदारकै कारण विस्तरमा ढिलाई भएर जनताले सास्ती खेप्नु परिरहेको बेला बुटवल पश्चिमतिरको गोरुसिँगेसम्मको खण्डपनि चिनिया ठेकेदारले विस्तारको ठेक्का पाएको छ । यद्धपी सडक विस्तार आयोजनाका अधिकारीहरु भने यसमा ढिला सुस्ती नहुने दाबी गर्दैछन् ।

मर्मत तथा विस्तारलाई आधा आधा खण्डमा दुई चरणमा काम गर्ने निर्माण कम्पनीले जनाएको छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँमा ठेक्का प्राप्त गरेका छन् ।

अहिले विद्युत्का पोल सार्ने प्रक्रिया सुरु भइसकेको छ भने अहिले सडकमै खटिएर नापजाँच र सर्भे गर्ने काम भइरहेको छ । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छन् भने १४९ वटा कल्भर्ट र छ वटा अन्डरपास ओभरपास निर्माण हुने छ । बुटवल–गोरुसिङ्गे सडक आयोजनाका अनुसार सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७.४ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर चौडा सडक बन्ने छ । ठेक्का अवधि तीन वर्ष निर्धारण गरिएको छ ।

गोरुसिँगे देखि पश्चिम चुरे पहाड हुँदै लमहीसम्मको सडक खण्ड विस्तारका मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल एमसीए नेपालले ठेक्का तयारीका काम हरु गरिरहेको जनाएको छ । दुवै खण्डको निर्माण अवधि एकैपटक पर्ने भएकाले निर्माणाधीन अवस्थामा बुटवल देखि लमहीसम्मको यात्रा केहि वर्षका लागि सकसपूर्ण वन्ने छ भने बनिसेका अवस्थामा नारायणगढदेखि नै आधुनिक सडकमा सवारी साधन गुड्न पाउनेछन् ।

 

Prev Post

चिलिमे–त्रिशूली प्रशारण लाइन तयार

Next Post

सस्तियो सुन, कतिमा झर्यो मूल्य ?

post-bars

Leave a Comment