तीन उद्योगले बक्यौता बुझाएपछि नेपाल विद्युत प्राधिकरणले लाइन जोडिदिएको छ ।
प्राधिकरण उच्च स्रोतका अनुसार ठूलो बक्यौता रहेका उद्योगहरु समेत किस्ताबन्दीमा तिर्न तयार हुन थालेका छन् । ‘सर्वोत्तम सिमेन्टले पहिलो किस्ता बुझाएको छ ।२८ किस्तामा बुझाउन तयार भएको छ । उसले ३७ लाख रुपैयाँ बुझाएको हो,’ उक्त स्रोतले भन्यो, ‘अरु पनि आउने क्रममा छन् । अहिलेसम्म ११ उद्योगकले किस्ता बुझाए ।’ सर्वोत्तम सिमेन्टको ९ करोड ५७ लाख रुपैयाँ बक्यौता छ ।