Back To Top

October 23, 2024

उर्जामा सरकारका १०० दिन, प्रगति यस्तेा

Global Ime Bank

 

वर्तमान सरकारले १०० दिन पुरा गरेकेा सन्दरभमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको १०० दिनका मुख्य मुख्य उपलब्धिहरु सार्वजनिक गरेकेा छ । मन्त्री दिपक खड्काले मन्त्रालयमा पत्रकार सम्मेलन गरी उपलब्धिका विवरण सार्वजनिक गरेमा हुन् । सार्वजिक विवरण यस्तेा छ ।

ऐन, कानून तर्जुमा तथा संस्थागत पुर्नसंरचना तर्फः राट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदानः पुर्याउन सक्ने ऊर्जा उत्पादनका आन्तरिक स्रोतहरुको अधिकतम प्राशिस गर्न, राज्यको आन्तरिक विद्युत खपत वृद्धि गर्न, अन्तरदेशीय विद्युत व्यापारका सम्भाव्य प्रतिधिकतम प्राप्त गर्न तथा राज्यको ऊर्जा क्षेत्रको योजनावद्ध एवं समय क्रमानुसार विकास गर्नुपर्ने आवश्यकता अनुरुप सन् २०२३ देखि २०३५ सम्मको लागि गरिनुपर्ने कार्यहरु समेटेर “ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१” तयार गरी स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्‌मा पेश गरिएको । बेलस्रोत र सिंचाई क्षेत्रमा अध्ययन, अनुसन्धान कार्यको लागि मापदण्ड तयार गरी स्वीकृत गरिएको तथा

• निर्माण कार्यको मापदण्ड तयार गरी स्वीकृतिको लागि नेपाल सरकार मन्त्रिपरिषद् समक्ष पेश भएको । जल तथा मौसम विज्ञान नीति, २०८१ नेपाल सरकारबाट स्वीकृत भई कार्यान्वयनमा ल्याइएको।

ऊर्जा तर्फः

२. ३ अक्टोबर, २०२४ तदनुसार १७ असोज, २०८१ मा नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसि बिद्युत व्यापार निगम बीच नेपालबाट बंगलादेशमा ४० मे.वा. विद्युत निर्यात गर्ने सम्बन्धी त्रिपक्षीय विद्युत विक्री सम्झौतामा हस्ताक्षर सम्पन भएको। ३ अक्टोबर, २०२४ तदनुसार १७ असोज, २०८१ मा आउदो सुख्खा यामको विद्युत मागलाई मध्यनजर गरी

स्वदेशी विद्युत उत्पादनले अपुग हुने र भारतको एक्सचेन्ज बजारमा मात्र निर्भर हुन नसकिने भएकोले ढल्केबर-मुजफ्फरपुर ४०० के.भी प्रशारण लाईनबाट २०० मे.वा. र टनकपुर-महेन्द्रनगर १३२ के.भी. प्रशारण लाईनबाट ३० मे.वा. RTC विद्युत आयात गर्ने गरी नेपाल विद्युत प्राधिकरण र भारतको विद्युत व्यापार कम्पनी NVVN बीच विद्युत खरिद सम्झौतामा हस्ताक्षर भएको।

२२०/१३२/३३ के.भी. चिलिमे हब GIS सबस्टेसन र २२०/१३२/३३ के.भी. त्रिशुली हब Hybrid GIS सबस्टेसन गरी २ वटा सबस्टेसनहरु निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको।

मध्यभोटेकोशी ज.वि.आ.बाट बाह्रविसे सबस्टेसन सम्मको ४ कि.मी.को २२० के.भी. सिंगल सर्किट प्रसारण लाईन निर्माण सम्पन्न भएको ।

• ढल्केबर-इनरुवा ४०० के.भी. प्रसारण लाईन र ढल्केबर-लोहारपट्टि १३२ के.भी. प्रसारण लाइन एवं १३२/३३/११ के.भी. सबस्टेसन (जम्मा ८२.५ MVA) निर्माण सम्पन्न भई सञ्चालनमा आएको ।

• चिलिमे-त्रिशुली २२० के.भी. प्रसारण लाईन (२८.१ कि.मी., डबल सर्किट / मल्टिपल सर्किट) को निर्माण कार्य लगभग सम्पन्न भएको।

Prev Post

प्राधिकरणले पाउने भयो सस्तोमा बिजुली

Next Post

उद्योगको लाइन काटिन्न, कुलमान हटाउने पनि होइनः ऊर्जा मन्त्री

post-bars

Leave a Comment