Back To Top

October 17, 2024

डलर खर्चने सिमा खुकुलो बनाइयो

Global Ime Bank

काठमाडौं ।
मुलुकको ढुकुटीमा विदेशी मुद्रा सञ्चति अधिक भएपछि नेपाल राष्ट्र बैंकले आयातमा हुने सटही सुविधाका विभिन्न सिमालाई संसोधन गरेर सहज बनाएको छ ।

राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई जारी भएको एकिकृत निर्देशन संसोधन गर्दै डलर सटहीको परिमाण तथा समय सिमालाई लचिलो बनाएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्थाको प्रतिवेदन अनुसार भदौ मसान्तसम्ममा देशको ढुकुटीमा १६ अर्ब ४ करोड अमेरिकी डलर अर्थात् २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ बराबर जम्मा भएको देखिएको थियो ।
आयात १.१ प्रतिशतले मात्र सुधार भएको र निर्यात ५ प्रतिशतले खस्किएको अवस्थामा रेमिट्यान्सकै भरले विदेशी मुद्रा सञ्चति उच्च भएको हुँदै गएको छ । तथ्याङ्कले विदेशी मुद्रा परिचालनमा राज्य संरचना कमजोर हुँदै गएको आँकलन भइरहँदा राष्ट्र बैंक सटही सुविधामा लचिलो बनेको छ ।

परिवर्तित व्यवस्था अनुसार आयातकर्ताले वस्तु आयातका लागि पेश गर्नुपर्ने ट्रान्सपोर्ट डकुमेन्टको अवधि ९० दिनबाट बढाएर १२० दिन पुराइएको छ । यसले आयातकर्ताले अव डलर सटही सुविधा लिएको १२० दिनभित्र आयात गरे हुन्छ । यो सुविधाले लामो अवधि लाग्ने आयातलाई पनि प्रोत्साहन गरेको छ ।

होटल व्यवसायीहरुले माग सम्बोधन हुने गरी सटही सुविधाको सिमा पनि प्रति बसाई ३ सय अमेरिकी डलरबाट बढाएर १ हजार पुराइएको छ । यो व्यवस्थाले पर्यटकले खर्च गर्नका लागि सहजता प्राप्त गर्ने अपेक्षा होटल व्यवसायीको छ ।
रोजगारीका लागि अष्ट्रेलिया जाने पनि अव ५ सय डलरसम्म सटही सुविधा पाउने भएका छन् ।

संसोधित व्यवस्था अनुसार हवाइ जहाज दुरसञ्चार र मेडिकल उपकरण आयातमा पनि १ लाख डलर सम्मका पार्टपुर्जा तत्कालै अन्तरराष्टिय विमानस्थल भन्सारबाट आयात गर्न सकिने व्यवस्था गरेको छ । यस अघि यस्तो सिमा १० हजार डलर थियो ।

विदेशमा उपचारका लागि जानेले पनि अव १५ हजार डलर सम्म सटही गर्न पाउने भएका छन् जुन यस अघि १० हजार डलर मात्रै थियो ।

विदेशी मुद्रा सन्चिति बढेर ढुकुटी भरिँदा बजारमा अधिक तरलता हुन गई ब्याजदर उच्चदरले घटेको छ । तर विश्वासको कमीका कारण निजी क्षेत्रबाट कर्जाको माग हुन सकिरहेको छैन । यो दुई महिनामा निजी क्षेत्र कर्जा प्रवाह दर १.४ प्रतिशतले मात्र बढेको छ ।

 

Prev Post

स्याङ्जाको सुन्तला र पर्यटनमा सहकार्य गर्ने ढकालको प्रतिवद्धता

Next Post

बजारबाट एक खर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

post-bars

Leave a Comment