Back To Top

October 2, 2024

मर्चेन्ट बैंकर एसोसिएसनमा नयाँ कार्यसमिति

Global Ime Bank

काठमाडौः
नेपाल मर्चेन्ट बैंकर एसोसिएसनमा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार राजधानीमा सम्पन्न एसोसिएसनको १५ औं वार्षिक साधारण सभाले छैंठौं कार्यसमिति गठन गरेको हो ।

साधारण सभाले अध्यक्षमा एनआईसी एसिया क्यापिटलका रामेन्द्र रायमाझीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । अन्य पदाधिकारीमा उपाध्यक्षमा मनिस नारायण जोशी (नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेड), महासचिवमाः निर्मल भट्टराई (गरिमा क्यापिटल लिमिटेड) र कोषाध्यक्षः शिवान्त ब. पाडें (एनआइएमबी एस क्यापिटल लिमिटेड) रहेका छन् ।

त्यस्तै सदस्यहरूमा सन्दीप कार्की (सिद्धार्थ क्यापिटल लिमिटेड), लेखनाथ पोखरेल (नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड), पुष्पा शर्मा (कुमारी क्यापिटल लिमिटेड) रहेको एसोसिएसनले जनाएको छ ।

विभिन्न मर्चेन्ट बैंकिङका प्रतिनिधिहरू सामेल समेत रहेका उक्त नयाँ कार्यसमिति सदस्यहरु नेपालमा मर्चेन्ट बैंकिङको भूमिकालाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

उक्त समितिको मुख्य ध्यान पूँजी बजारको पहुँचमा सुधार, दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन तथा नियामक निकायहरूसँग सम्बन्ध मजबुत पार्नेमा केन्द्रित रहनेछ ।

Prev Post

रियलमीको खरिदमा सवारी साधान जित्ने अफर

Next Post

जलवायु परिवर्तनले युरोपमा फेरिन थाले सिमाना

post-bars

Leave a Comment