शनिवार यी नदी पुग्दैछन् अति उच्च जोखिममा
काठमाडौ:
सरकारले शुक्रवार र शनिवार देशका विभिन्न नदिमा जलप्रवाह बढ्ने भन्दै तटीय क्षेत्रका जनतालाई सूरक्षित रहन पूर्व सूचित गरेको छ ।
तीन दिने निरन्तर वर्षालाई मध्य नजर गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राती रात्रिकालीन यातायात सेवा सञ्चालन नगर्न आग्रह गरेको केहि समयमा जल तथा मौसम विज्ञान विभाग मातहतको बाढी पूर्वानुमान महासाखाले विशेष बुलेटिन जारी गरेकोको छ ।
महासाखाले सार्वजनिक गरेको विवरण अनुसार शनिवार बागमति नदी ,पँधेरा दोभान र नारायणीको देवघाटमा अति उच्च जोखीम रहेको औल्याएको छ । शनिबार अति उच्च जोखीम देखिएका नदिहरुमा पश्चिम राप्ती र कुसुम खोला छन् ।
पश्चिमकै बबई र चेपाड नदिमा शनिबारका लागि अति उच्च जोखीम राखिएको छ । शुक्रबार अति उच्च जोखीम नभए पनि शनिवार अति उच्च जोखिमका नदी क्षेत्रमा नारायणी देवघाट, कन्काइ मैनाचुली, कमला नदी बेलसोत र बागमति पँधेरा दोभान छन् ।
जल तथा मासम विज्ञान विभागले विहीबार विशेष बुलेटिन जारी गर्दै शुक्रबार शनिबार र आइतबार देशभर बदली हुने केहि स्थानमा अतिभारी वर्षाको विवरण सार्वजनिक गरेको थियो ।
प्राधिकरणले वाढीको खतराबाट बच्न पूर्व तयारीका काम गर्न भन्दै धानबाली नकाट्न काटेको भएर तत्काल थन्क्याउन र तराई मधेशमा भूइतलामा अन्नबाली नराख्न आग्रह गरेको छ । बाढी पूर्वानुमान महासाखाले जारी गरेको बिशेष बुलेटिनमा उल्लेखित खतराको तह पार गर्ने नदी तटमा अति उच्च सर्तकता अपनाउन सूचित गरको छ ।
यसैबीच वर्षातका कारण हुन सक्ने संभावित विपतको अवस्थालाई ध्यानमा राख्दै शसस्त्र प्रहरी बलले आफ्नो विपत उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको जनाएको छ ।
यस्तो छ महासाखाको बाढी जोखीमको पूर्वानुमान