Back To Top

September 25, 2024

४५ अर्ब नपाउँदा निर्माण व्यवसायी निरास

Global Ime Bank

काठमाडौं:
नयाँ सरकारले आफ्नो वक्यौता भुक्तानी गरिदिने आशामा बसेका निमार्ण व्यवसायीले वर्तमान सरकारसँग पनि अपेक्षा घट्दै गएको भन्दै निराशा जनाएका छन् । बुधबार नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर सरकार गठन भएको २ महिनासम्म पनि भुक्तानी दिने तर्पm सरकार उदाशीन देखिएको भन्दै ध्यानाकर्षण गराएका छन् ।
नयाँ सरकार गठन लगत्तै निमार्ण व्यवसायीले काम गरेवापतको पाउनु पर्ने रकम भुक्तान गर्ने प्रतिवद्धता गरेपनि हालसम्म आशा लाग्ने गरी कुनै काम नगरेको गुनासो मन्त्री सिँह समक्ष गरेका हुन् ।

निर्माण व्यवसायीहरुले सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी नगर्दा थप काम गर्न सक्ने अवस्था समेत नरहेको भन्दै उनीहरुले निराशा प्रकट गरेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले देशका दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेको दुई महिना भए पनि निर्माण व्यवसायीका समस्यामा सरकार मौन बसेको बताए । उनले भने, “सरकारले गर्नुपर्ने भुक्तानी र अन्य समस्या तत्काल समाधान हुने आशा जगाएको थियो, तर २ महिना वितिसक्दा पनि हामीले सरकारले प्रयास गरेको कुनै अनुभव गर्न पाएनौ ।”
उनले मौद्रिक नीतिले मंसिर महिनासम्म निर्माण व्यवसायीहरुले बुझाउनुपर्ने किस्ता र ब्याजको लागि सहुलियत दिए पनि त्यसले निर्माण क्षेत्र चलायमान हुनसक्ने अवस्था नरहेको बताए । उनले निर्माण व्यवसायीहरुको भइरहेको ऋण र तिर्न नसकेको किस्ताको कारण थप ऋण स्वीकृत नहुँदा निर्माणको काम अघि बढाउन नसकेको जानकारी शिँहलाई गराए ।

उनले भने,“सरकारले विभिन्न निकायहरुबाट ४५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ । काम गरेको भुक्तानी लिन र समस्या समाधान नहुने हो भने आउने वर्षमा निर्माण व्यवसायी सरकारप्रति ढुक्क हुने अवस्था आउँदैन ।”
अध्यक्ष सिंहले वर्षातपछि निर्माणको योजना बनाउनुपर्नेमा अहिले त्यो पनि गर्न नसकेको जानकारी गराए ।

Prev Post

एक महिनामा दुई सय ७० मेगावाट विद्युत् थपिँदै

Next Post

मूल्य सूचकाँक मापनमा संसोधन, वस्तु र आधार वर्ष परिमार्जन

post-bars

Leave a Comment