Back To Top

September 20, 2024

राष्ट्रसङ्घ महासभामा भाग लिन अमेरिका जाँदै ओली

Global Ime Bank

काठमाडौ:
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आज शुक्रबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै छन् ।

ओलीले असोज १० गते राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस वर्षको महासभा कोही पनि पछाडि नपरोसः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानवीय मर्यादाको विकासका लागि साझा पहलका विषयमा केन्द्रित छ ।

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नेे स्वागत समारोहमा सहभागी हुने कार्यसूचि छ । प्रधानमन्त्री ओली सोही क्रममा अतिकम विकसित देशहरूको विश्व समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने तय भएको छ । समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्वको खतरा विषयक समूहगत उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने उनको कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख वक्ताका रुपमा सहभागी हुने जनाइएको छ । १० गते महासभालाई सम्बोधन गरेपछि असोज ११ गते हार्वर्ड विश्वविद्यालयको जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन् ।

भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्द्धघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । प्रधानमन्त्री ओलीका साथमा उनकी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Prev Post

बैंकहरुलाई आरोपः पहिले नाफा अनिमात्रै वातावरण

Next Post

कर क्रमशः बढाउँदै लाने सरकारको नीति

post-bars

Leave a Comment