असोजमा पनि घट्ने भयो बैंक ब्याजदर
काठमाडौं:
वाणिज्य बैंकको ब्याज ओरालो लाग्ने क्रमले असोजमा पनि निरन्तरता पाएको छ । सञ्चालनमा रहेको वाणिज्य बैंकहरमध्ये १० बैंकले असोजका लागि ब्याजदर घटाएको सूचना प्रकाशित गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको असोज महिनाको ब्याजदर अनुसार १० वटाले घटाएका छन् भने दुई ले बढाएका छन् । ८ वटाले घटबढ गरेका छैनन् ।
बैंकमा बचत थुप्रदै जाने तर ऋणको माग नबढ्ने अवस्था आएपछि बैंकहरुले निक्षेप भन्दा लगानी विस्तार गर्ने अपेक्षाले घटाएका छन् । निक्षेपमा ब्याज घटाउँदा बचत र ऋणमा समेत ब्याज घट्न पुग्छ । समग्रमा बैंकहरुको औसत ब्याजदर पनि घटेको छ । भदौ महिनामा ६.५२ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर असोजमा ०.१३ प्रतिशतले घटेर ६.३०८ प्रतिशत विन्दुमा झरेको छ ।
व्यक्तिगत मुद्धति निक्षेपमा ब्याजदर घटाउनेमा एनएमबि बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य छन् । कृषि विकास बैंक र नेपाल बैंकले भने ब्याजदर बढाएका छन् ।
बैंकहरुले सार्वजनिक गरेको ब्याजदरअनुसार सानिमा बैंकको ब्याजदर ६.२ बाट ५.९ प्रतिशत ओर्लिएकोे छ । एभेरेष्ट बंैकले भदौको भन्दा असोजमा ०.१ प्रतिशतले ब्याजदर घटाएर ६ प्रतिशत बनाएको छ ।
भदौ महिनामा योबैंकको ब्याजदर ६।१) प्रतिशत थियो । असोज महिनामा बैंकको यस्तो ब्याजदर ६ प्रतिशतमा कायम भएको छ । भदौ महिनामा ६।)६ प्रतिशत ब्याज रहेको राष्ट्रिय वाणिज्य बैंकले असोजका लागि ६ प्रतिशत ब्याज कायम गरेको छ ।
नेपाल एसबिआई बैंकले पनि ६ प्रतिशत कायम गरेको छ । कुमारी बैंकको ब्याजदर ०.७० प्रतिशतले घटाएर ६।०१ प्रतिशत कायम गरेको छ । सिटिजन्स बैंकले ६.५ बाट घटाएर ६.१५ प्रतिशत ब्याजदर कायम गरेको छ । भदौमा यो बैंकको ब्याजदर ६।५ प्रतिशत रहेको थियो ।
एनएमबि बैंकको ब्याजदर भने औषत भन्दा बढी छ । यो बैंकले असोज महिनाका लागि ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौमा उसको ब्याजदर ७.४१ प्रतिशत रहेको थियो ।
नविल बैंकले ७ प्रतिशतबाट ६.७५ प्रतिशत ब्याज दर झारेको छ । एनआईसी एसिया बैंकले असोज महिनाका लागि ७.१८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनामा यो बैंकको ब्याजदर ७.४१ प्रतिशत थियो ।
ब्याज बढाएका दुई बैंकमध्ये कृषि विकास बैंकको ब्याजदर ०.०१ प्रतिशतले बढेको छ । भदौ महिनामा ६।०६ प्रतिशत रहेको यो बैंकको ब्याजदर असोज महिनाका लागि ६०७ प्रतिशत तोकको छ । नेपाल बैंकको ब्याजदर पनि भदौको ५.२५ प्रतिशत ५.९५ प्रतिशत पुगेको छ।
असोजका लागि ब्याजदर स्थिर राखेका बाँैकहरुमा ग्लोबल आइएमई बैंकको ६.२५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको ६.५ प्रतिशत प्रभु बैंकको ६.१ प्रतिशत, प्राइम कमर्सियल बैंकको ६.२५ प्रतिशत छ । त्यस्तै सिद्धार्थ बैंकको ६.५, लक्ष्मी सनराइजको ६.५, स्टान्र्डर्ड चार्टर्ड, हिमालयन, र माछापुच्छ्र«बैंकको समान ७ प्रतिशत रहेको छ ।