Back To Top

September 4, 2024

पलेशालाई एनसेलको १० लाख रुपैयाँ पुरस्कार

Global Ime Bank AD

काठमाडौं । पेरिसमा आयोजित पारालिम्पिक्स २०२४ खेलमा नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरु तथा प्रशिक्षकहरुको सम्मान स्वरुप एनसेलले पलेशालाई १० लाख रुपैयाँ र अन्य सहभागी पारा खेलाडीहरु तथा प्रशिक्षकहरुलाई पनि थप कुल १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।

एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी ९एनपीसी०, नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरुप यो सम्मानको घोषणा गरेको हो । एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ ।

‘म एकदमै हर्षित छु । तेक्वान्दोको यात्रा शुरु गरेको हिजामात्र जस्तो लाग्छ, त्यति बेला पारालिम्पिकको यस्तो उचाईमा पुग्छु र देशकै लागि ऐतिहासिक पहिलो पदक ल्याउनेछु भन्ने सोचेकै थिइनँ । मैले सपना देख्ने हिम्मत गरे र केही गर्ने मौका पाएँ र गरेरै पनि देखाएँ । मैले आफूमाथिको विश्वास कहिल्यै गुमाइनँ र त्यो सपनालाई जीवित राख्न अथक संघर्ष गरें । साँच्चै म एकदमै खुसी छु । यो पदक मेरो होइन देशको हो । नेपालको प्रतिनिधित्व गरेर यो पदक जित्न पाउँदा म आफूलाई धन्य महसुस गरिरहेकी छु ।’

पलेशाले भनिन्, ‘मेरो यस यात्रामा मैले धेरै अविश्वसनिय व्यक्तित्वहरुसँग भेटे र सबैले मेरो सफलताको लागि धेरै सहयोग गर्नुभएको छ । यस क्षणमा म मेरो परिवार, तेक्वान्दो एसोसिएसनका मेरा प्रशिक्षक लगायत एनपीसी नेपाल, मेरो स्पोन्सर्स तथा मेरो साथीहरुलाई धेरै–धेरै घन्यवाद दिन चाहन्छु । गत वर्ष एसियन पारा गेम्सदेखि मेरो परिवार जस्तै बनेको एनसेललाई उहाँहरुको साथ, हौषला र म प्रतिको दृढ विश्वासको लागि म विशेष आभारी छु । यो जित सँगै मेरो जीवनको नयाँ अध्यायको सुरुवातको लागि म उत्सुक छु ।’

पलेशा र देशको यो सफलताबाट उत्साहित बनेका एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव हो । यो जित नेपालको र सम्पूर्ण पारा खेलाडीहरूको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा हो । एनपीसीसँगको सहकार्यमा पलेशा जस्ता च्याम्पियन र हाम्रा राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै हामी एक बलियो साथ दिन प्रतिबद्ध छौं ।’

Global Ime Bank
Prev Post

यसपाली दसैंमा पुरानै नोट, नयाँ नआउने

Next Post

गोल्याण पावर र प्रोजिल ग्रिन इनर्जीबीच सम्झौता

post-bars

Leave a Comment