एमएडब्लूको नामी, पन्च ईभी र डल्फिनलाई च्यालेन्ज
नेपालमा थप एउटा नयाँ चिनियाँ ब्राण्डको विद्युतीय कार नेपाल भित्रिएको छ ।
नामी ई को मूल्य २९ लाख ९९ हजार रुपैयाँ, नामी ई २ को ३१ लाख ९९ हजार र नामी ई ३ को ३४ लाख ९९ हजार रुपैयाँ पर्छ ।
टाटाको पन्चको ३७ लाख र बिवाईडी डल्फिनको ४१ लाख रुपैयाँ पर्छ । तुलनात्मक रुपमा यी दुई कारभन्दा नामी सस्तो देखिएको छ ।नामी चिनियाँ कम्पनी डङफेङ मोटर्सले उत्पादन गरेको गाडी हो । अहिले यो कम्पनीका गाडी १०० भन्दा बढी देशमा उपलब्ध छन् ।
नामीमा ७० किलोवाटको मोटर पावर छ । नामी बक्सको ठूलो ब्याट्री अप्सनले ३१० किलोमिटर रेन्ज दिन्छ । नामीको टप स्पीड १४० किलोमिटर प्रतिघण्टा छ ।
एमएडब्लुका अध्यक्ष विष्णु अग्रवालले लामो समयदेखि अटो क्षेत्रमा काम गरिरहेकाले यो गाडी पनि सफल हुने दाबी गरे । उनले यो गाडी फाइभ स्टार लक्जरी भएको दाबी गरे ।
बडी स्ट्रक्चर र फिचर लोडेड भएका कारण यो कार नेपालमा सफल हुने कम्पनीको दाबी छ ।नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन छ ।
इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर , १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिङ फिचरसहितको छ । स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन् ।
यो ईभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ ।