प्राधिकरणले बुझायो लेखालाई टिओडीसहितका प्रमाण
काठमाडौ,
नेपाल विद्युत् प्राधिकरणले टिओडी मिटरको डेटासहितका विभिन्न प्रमाणहरु संसदको सार्वजनिक लेखासमितिलाई बुझाएको छ ।डेडिकेटेड र ट्रंकलाईनको प्रिमियम महशुल विवादमा गत सुक्रबारको लेखासमितिले प्राधिकरणसँग खोजेखअनुसार विवरण प्राधिकरणले उपलब्ध गराएको हो ।
लेखा समिति सचिवालयलाई बुझाइएको विवरणहरुमा भक्तबहादुर पुन र मनोज मिश्रा नेतृत्वको समितिले बनाएको प्रतिवेदन, ६१ उद्योगहरुको सूचि तथा एम पावर लेजर १ पोका विद्युत् आपूर्तिको विवरण देखाउने टिओडी मिटरका डेटा १ पोका र टिओडीकै लोड प्रोफाइल सहितको डेटा ३ पोका, विद्युत् आपूर्ति पुष्टि गर्ने लगसिट २२ पोका, र विभिन्न अदालतहरुले गरेका ९० छुट्टा छुट्टै फैसलाको १ पोका रहेका छन् ।
उद्योगीले तिरे महशुल
विवादित ६१ वटा उद्योगको सूचिमै रहेका ४ उद्योगले बुधबार जरिमाना सहितको बक्यौता महशुल भुक्तान गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्रिमियम महशुल बक्यौता बुझाउने उद्योगहरुमा यशोदा फुड्स प्रालि, जयदुर्गा प्लास्टिक उद्योग, सोना प्याकेजिङ र सोना पोलिमर्श इन्डष्ट्रिज रहेका छन् ।
सिलवालका अनुसार सुर्य नेपाल प्रालिले पनि बक्यौता रकम किस्तामा भुक्तान गरिरहेको छ । हेटौडा सिमोन्ट हिमाल आइरनले पनि अधिकाँश रकम भुक्तानी गरिरहेको छ भने लक्ष्मी स्टिल, बुटवल सिमेन्ट र सर्बोत्तम सिमेन्टले प्रिमियम वापतको रकमको केहि हिस्सा बुझाएर छाडेका छन् ।