Back To Top

July 25, 2024

बैकपिक ऊर्जा दुरदराजमा पुराऔः ऊर्जा मन्त्री

Global Ime Bank AD

काठमाडौ,
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बैकल्पिक ऊर्जा प्रवर्दन केन्द्रका कार्यक्रमहरु दुर दराजका जनता लक्षित हुनुपर्ने बताएका छन् ।केन्द्रले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले तल्लो तह र दूरदराजका जनतालाई लक्षितगरी योजना बनाउनुपर्ने बताएका हुन् ।

“ हामीले पठाएको रकम दूरदराजमा बस्ने तल्लो वर्गलाई नपुगेको हुनसक्छ, हामीले पठाएको योजना पुग्यो कि पुगेन त्यसको अनुगमन भएको छ की छैन, यसमा केन्द्रले विशेष चासो दिनुपर्छ”, उनले भने।

ऊर्जामन्त्री खड्काले तल्ला वर्गका जनतालाई कसरी निःशुल्क ऊर्जा वितरण गर्न सकिन्छ त्यसतर्फ केन्द्रले अध्ययन गर्नुपर्ने बताए । मन्त्री खड्काले लक्षित वर्गका लागि खर्च गर्ने रकम कमी हुँदा समस्या भएको उल्लेख गरे ।

मन्त्रालयका सचिव सरीता दवाडीले दिगो विकासको लक्ष्य हासिल गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताइन । उनले विद्युत्को पहुँचभन्दा बाहिर रहेका जनतालाई उर्जा प्रदान गर्नका लागि नवीकरणीय उर्जाको व्यवस्था गरिएकाले यसलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गरिन ।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले विभिन्न निकायको समन्वयमा दूरदराजमा रहेका जनतालाई नवीकरणीय ऊर्जा पु¥याउनका लागि काम गरिरहेको बताए।
उनले खाना पकाउने स्वच्छ ऊर्जा कार्यक्रमअन्तर्गत स्थानीय तहसँगको लागत साझेदारीमा विद्युतीय चुलो, बायोग्यास र सुधारिएको चुलोको प्रवद्र्धन तथा विस्तार गरिएको जानकारी दिए । केन्द्रले साना, लघु जलविद्युत्लाई मर्मतसम्भारगरी राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल गरिरहेको उनको भनाइ थियो ।

Global Ime Bank
Prev Post

बाफियाले समस्या पारेको सिबिफिनको गुनासो

Next Post

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी

post-bars

Leave a Comment