Back To Top

August 5, 2024

गोल्डेन ड्रयागनको विद्युतीय भ्यान नेपालमा

Global Ime Bank AD
Insourance

काठमाडौ

अर्क्स ग्रुप प्रालिले चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाल भित्र्याएको छ। ५७ लाख रुपैयाँ तोकिएको यो भ्यानमा विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक रहेको छ ।

कम्पनीका अनुसार एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो भ्यानमा ८० किलोवाट पिक पावरको मोटर जडान गरिएको छ। गोल्डेन ड्रयागनका भ्यानहरु हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेका छन् ।

van.jpgत्यस्तै, अर्क्स ग्रुपले गोल्डेन ड्रयागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपाल भित्र्याउने तयारी भइरहेको जानकारी गराएको छ ।

अर्क्स ग्रुपले यी भ्यानहरु लामो दुरी र छोटो दुरीका विभिन्न यातायात संचालक, ट्राभल एजेन्सी, ट्रेकिङ्ग, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यवहारिक हुने बताएको छ । यस्तै, गोल्डेन ड्रयागनका भ्यानहरु पर्यावरणमैत्री मात्र नभई यसले सञ्चालन खर्चमा पनि कमी ल्याउने कम्पनीले जनाएको छ ।

United long banner ad
Prev Post

सिनामंगलको इन्धन डिपो गुहेश्वरी सार्न पहल

Next Post

जुलाईमा आए नेपालमा ६४ हजार ५ सय९९ जना विदेशी पर्यटक

post-bars

Leave a Comment