Back To Top

October 6, 2025

२० जलविद्युत् आयोजनामा क्षति

Global Ime Bank AD

काठमाडौ ।

बाढीपहिरोका कारण इलाममा रहेका धेरै जलविद्युत् आयोजनामा क्षति भएको पाइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानले सङ्कलन गरेको तथ्याङ्क अनुसार निर्माण सम्पन्न भएका १५ र निर्माणाधीन पाँच जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

क्षतिको विवरण आउँदै गरेकाले अझै धेरै हुन सक्ने इप्पानले जनाएको छ । क्षति भएका कुल २० मध्ये १५ जलविद्युत् आयोजना इलामका छन। निर्माण सम्पन्न आयोजना बन्द हुँदा ११३.३६ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । क्षति हुनेमा सबैभन्दा ठुलो २२ मेगावाटको माइखोला आयोजना रहेको छ । आयोजनामा इन्टेक, पावर हाउस, कल्भर्ट डिसेन्डरलगायतका पूर्वाधारमा क्षति भएको इप्पानले जनाएको छ । आयोजनामा कति रकमको क्षति भयो भन्ने यकिन हुन बाँकी नै छ ।

त्यसै गरी निर्माणाधीन आयोजनामा क्षति पुगेकामध्ये पाँचथरमा दुई, इलाममा एक र सिन्धुपाल्चोकमा दुई छन् । प्रवेश मार्ग, मुहान संरचना, विद्युत्गृह, क्याम्पमा क्षति तथा निर्माण सामग्री बगाएका कारण यी छ आयोजनाको उत्पादन तालिकामा असर पर्ने भएको छ ।
यी हुन उत्पादन बन्द भएका आयोजना:-

Global Ime Bank
Prev Post

सप्तकोशीमा पानीको बहाव हालसम्मकै उच्च

Next Post

वर्षाले ३२ जलविद्युत आयोजना प्रभावित

post-bars

Leave a Comment