६४ अर्ब कमाएका बैंकले शेयरधनीलाई दिनेछन ७.६२ अर्बमात्र
काठमाडौ आर्थिक वर्ष २०८०/०८१को अपरिस्कृत वित्तीय विवरण अनुसार ६४ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएका बाणिज्य बैंकहरुले त्यसको करिब १२ प्रतिशत अर्थात ७ अर्ब ६२ करोड रुपैयाँ मात्रै शेयर धनीलाई वितरण गर्न सक्ने देखिएको छ जुन अगिल्लो आवको तुलनमा आधा भन्दा कम हो । अगिल्लो आवमा यस्तो नाफा १५ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ थियो । यो अवधिमा बैंकहरुको वितरणयोग्य नाफा ५१.२८ प्रतिशतले घटेको छ ।
- खुदा नाफा ६४ अर्ब १५ करोड रुपैयाँ
- वितरणयोग्य नाफा ५१.२८ प्रतिशतले न्युन
- चार वाणिज्य बैंकले लाभांश दिन नसक्ने
- १६ वाणिज्य बैंकको औषत करिव १२ प्रतिशत वितरण योग्य
- एभरेस्ट बैङ्ककोे सबैभन्दा धेरै २९.८६ प्रतिशत
- एमबी बैङ्क सवैभन्दा कम १.३ प्रतिशतमात्र
सवै २० वाणिज्य बैङ्कहरुले नाफा आर्जन गरेका भए पनि चार बैंङ्कहरुले शेयर धनीलाई नाफा वापतको लाभाशं बाड्न नसक्ने भएका छन् ।
वितरणयोग्य नाफा पनि भनिने लाभांश दिन नसक्ने बैङ्कहरुमा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, कुमारी बैङ्क, एनआइसी एसिया बैङ्क र हिमालयन बैङ्क लिमिटेड रहेका छन् । यसबाहेक बाँकी १६ बंकहरुले भने नाफा वितरण गर्न सक्ने अवस्थामा छन ।
विवरण अनुसार गत आवको नाफाका आधारमा एभरेस्ट बैंकले सबैभन्दा धेरै २९.८६ प्रतिशत लाभांश आफ्ना लगानीकर्तालाई दिन सक्छ । त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले २६.५ प्रतिशत, कृषि विकास बैङ्कले १७.३७ प्रतिशत, नबिल बैङ्कले १४.२६ प्रतिशत, सिद्धार्थ बैङ्के १०.७६, सानिमा बैङ्कले १०.४ प्रतिशत लाभांश दिन सक्छन् । सबैभन्दा कम लाभांश दिनेमा एनएमबी बैङ्क रहेको छ जसको लाभांश क्षमता केवल १.३ प्रतिशतमात्र रहेको छ ।