२८ अर्वकेा ट्रेजरी बिल ल्याईदै

काठमाडौं ।
सरकारले आउँदो मंगलबार २८ अर्ब १० करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बढ्दो तरलता र घट्दो ब्याजदरकाबीच आन्तरिक ऋण परिचालनलाई प्राथमिकता दिइरहेको सरकारले एकैपटक २८ अर्बमाथिको अल्पकालीन ऋण संकलन गर्न लागेको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार एक सूचना जारी गर्दै ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा ट्रेजरी बिल जारी गर्न लागिएको जनाएको हो ।
