Back To Top

July 16, 2024

सुनको भाउ १ लाख ४६ हजार ९०० रुपैयाँ

Global Ime Bank AD
Insourance

मंगलबार सुनको भाउ रेकर्ड बिन्दुमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार प्रतितोला ९०० रुपैयाँले बढेसँगै भाउ रेकर्ड बिन्दुमा पुगेको हो ।

मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

ब्यूरो अफ लेबर स्टाटिस्टिक्सको पछिल्लो कन्जुमर प्राइस इन्डेक्स (सीपीआई) प्रतिवेदनले जुन महिनामा मुद्रास्फीतिको दबाबमा उल्लेखनीय गिरावट आएकोले त्यसको प्रभाव सुन बजारमा पर्न गई सुनको मुल्य उचाइमा पुगेको बिश्लेषकहरुले बताएका छन्।

यस्तै, मंगलबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ४२५ दशमलव ७८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ७६ पैसामा कारोबार भइरहेको छ ।

United long banner ad
Prev Post

सरकारको सोच कार्यान्वयन गर्न बजेट बाधक बन्दैन : अर्थमन्त्री पौडेल

Next Post

ठूला दलको सरकार बन्दा निजी क्षेत्रमा उत्साहः ढकाल

post-bars

Leave a Comment